- ७ बैशाख २०७९, बुधबार १६:२९
सुर्खेत/६ बैशाख-मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहबाट ५ सय १९ जना विद्यार्थीहरुलाई दीक्षित गरेको छ । मंगलबार आयोजना गरिएको दोस्रो दीक्षान्त समारोहबाट ५ सय १९ जना विद्यार्थीहरुलाई दीक्षित गरेको हो ।
समारोहमा विश्वविद्यालयका उत्कृष्ट नौ जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिएको छ । त्यस्तै २० जना विद्यार्थीले उपकुलपति पदक प्राप्त गरेका छन् ।
दीक्षित हुने ५ सय १९ जना विद्यार्थीहरु मध्ये शिक्षा संकायतर्फ ८५, इन्जिनियरिङ्गतर्फ १४५, मानविकी संकायतर्फका १५, व्यवस्थापन संकायतर्फ १२२ , विज्ञान संकायतर्फ १५ जना र पीएचडी तर्फका एक जना रहेका छन् ।
विश्वविद्यालयका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उच्च शिक्षा सुधारको जिम्मेवारी विश्वविद्यालयहरुको काँधमा रहेको बताए । उनले सरकारले तीनै तहका शिक्षा प्रणालीलाई कानुनी, शिक्षण सिकाइ र भौतिक सुधारको प्रयत्न गरिरहेको बताए ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा. डा नन्दबहादुर सिंहले विश्वविद्यालयको संरचनाको बारेमा जानकारी दिदै सात वटा बहुवर्षीय परियोजनाहरु सुरु गरेको र स्मार्ट टेक्नोलोजीमा आधारित संरचनाको विकास गर्ने लक्ष्यअनुरुप चालू आवलाई ‘एकेडेमिक एक्सेलेन्सी र भौतिक पूर्वाधार विकास वर्ष’का रुपमा कार्यसम्पादन भइरहेको जानकारी गराए ।











प्रतिकृया दिनुहोस्