- १९ चैत्र २०७८, शनिबार २०:०१
चिकित्सा शिक्षा आयोग र चिकित्सा अध्ययन संस्थान (आईओएम)ले लिने एमबीबीएस परीक्षाको इन्ट्रासमा करोडांैको सेटिङ हुने गरेको गुनासा आइरहेका थिए । सेटिङ धन्दा मौलाउँदै जाँदा आयोग र आईओएम दुवैमाथिसमेत आशंका सिर्जना भएको छ ।
ती निकायले लिने सो परीक्षा शुक्रबारदेखि नै सुरु भएको छ । एमबीबीएसको इन्ट्रास परीक्षामा लामो समयदेखि नै सेटिङको आधारमा करोडांैको चलखेल हुने गुनासा र उजुरी पर्ने गरेको थियो । शुक्रबारदेखि सुरु भएको एमबीबीएसको इन्ट्रान्स परीक्षामा सहभागी भएका चार जना नक्कली परीक्षार्थी र एक जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । अपराध अनुसन्धान महाशाखाका प्रम्ुख एसएसपी वसन्त कुँवरले नक्कली परीक्षार्थी र बिचौलिया गरी पाँच जना पक्राउ गरिएको पुष्टि गरे । उनले अन्य नक्कली परीक्षार्थीको पनि व्यापक रूपमा खोजी गरिएको जानकारी दिए ।
यसरी प्रहरीले चार जना नक्कली परीक्षार्थी र बिचौलियालाई पक्राउ गरेपछि सेटिङ धन्दा सञ्चालन हुने गरेको र करोडांैको असुली हुने गरेको पुष्टि भएको हो । हाल सञ्चालन भइरहेको एमबीबीएस परीक्षामा अझै २ सय जना नक्कली परीक्षार्थी सहभागी भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । ती सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
एमबीबीएस परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरी करोडौं रुपैयाँको चलखेल तथा सेटिङ हुने भएकाले छानबिन र कारबाहीको माग गर्दै केही दिनअघि मात्रै प्रहरीको अपराध अनुसन्धान महाशाखामा उजुरी परेको थियो । त्यसलगत्तै प्रहरीले एमबीवीएस परीक्षामा नक्कली परीक्षार्थी प्रयोग हुने’दयगत अनुसन्धान गर्दै आइरहेको थियो ।
बिहीबार मात्रै गृह मन्त्रालय र प्रहरीले पनि एमबीबीएसको इन्ट्रान्समा नक्कली परीक्षार्थी प्रयोग हुने अवस्था रहेकाले सो परीक्षा स्थगित गर्न चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालयलाई आग्रह गरेको थियो तर आयोगले भने परीक्षा नरोकिने जवाफ दिएको थियो ।
स्रोतका अनुसार सेटिङ धन्दा सञ्चालन गर्नेहरूले त्रिभुवन विश्वविद्यालयका टपर विद्यार्थी तथा यसअघि नै परीक्षा दिएका काविल विद्यार्थीलाई एमबीवीएसको इन्ट्रान्स परीक्षामा सहभागी गराउने गरेका छन् । यसैगरी भारतबाट समेत ट्यालेन्ट विद्यार्थीलाई पैसा दिएर ल्याउने गरिएको छ । सेटिङवाला तथा बिचौलियाले नेपालमा एमबीबीएसमा सहभागी हुने तर परीक्षामा उत्तीर्ण हुन कठिन हुने खालका विद्यार्थीका अभिभावकसँग प्रतिअभिभावक ३० देखि ४० लाखसम्म उठाउने गरेका छन् ।
३० देखि ४० लाख रुपैयाँ लिएर उनीहरूको ठाउँमा नक्कली परीक्षार्थीमार्फत परीक्षा दिने र पास गराउने प्रतिबद्धता जनाउँदै सो गिरोहले रकम असुली गर्ने गरेको छ । यसका लागि वास्तविक विद्यार्थीको प्रवेशपत्रमा नाम वास्तविक विद्यार्थीकै हुने तर फोटो भने नक्कली परीक्षार्थीको राख्ने गरिन्छ । प्रवेशपत्र परीक्षण हँुदा फोटो मात्रै हेरिने भएकाले नक्कली फोटो राखेको परीक्षार्थी’दयगत थाहा नपाउने गरी सेटिङ धन्दा सञ्चालन हुने गरेको छ ।
प्रहरीले हाल सञ्चालन भइरहेको परीक्षा’दयगतसमेत गहन अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा यसपटकको परीक्षामा झन्डै २ सयसम्म नक्कली परीक्षार्थी सहभागी भएको प्रारम्भिक सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
चार जना पक्राउ परेको भन्ने जानकारी आएको छ, यस विषयमा मन्त्रालय पनि गम्भीर छ, त्यति ठूलो परीक्षामा दुई चारवटा बद्मासी भयो भन्दैमा सिंगो संस्थालाई मुछ्न मिल्दैन । नक्कली परीक्षार्थी छन् भने प्रहरीले खोजी गरी कारबाहीको दायरामा ल्याउनुपर्छ यसमा हामी पनि संवेदनशील छौं र प्रहरीलाई पूर्णरूपमा सहयोग गर्छौं ।
अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरले नक्कली परीक्षार्थी र बिचौलिया गरी पाँच जना पक्राउ गरिएको पुष्टि गरे । उनले अन्य नक्कली परीक्षार्थीको पनि व्यापक रूपमा खोजी गरिएको जानकारी दिए । राजधानी दैनिकमा समाचार छ ।










प्रतिकृया दिनुहोस्