- ३ चैत्र २०७८, बिहीबार १२:२३
चैत्र ३ , काठमाडौं ।
हिन्दुहरूकाे महान पर्वकाे रूपमा लिइने फागु पुर्णिामा बसन्त ऋतुकाे आगमन सँगै रहेक चैत्र शुक्ल पुर्णिामाकाे दिन मनाईन्छ ।
सप्तरङ्गि रङ्गहरू मिलाएर खेलिने फागु विशेषगरी दुई दिन मनाइन्छ । एउटा तराई हाेली , हिमाल र पहाड हाेली आज पहाडी भेगमा हाेली खेलिन्छ । यश बर्षकाे हिमाली र पहाडी भेगमा चैत्र ३ गते परेकाे छ भने तराई भेगमा चैत्र ४ गते परेकाे छ ।
हिन्दु संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको र छल गर्ने व्यत्तिकाे नाश र सत्यकाे विजयी भएको दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मान्यताकाे रूपमा हाेली पर्वलाई लिने गरिन्छ ।
आज र भोली उल्लासमय वातावरणमा देसैभर होली पर्व मनाइँदैछ । यस दिनमा आफन्त तथा मन मिलेका साथीबीच प्राकृतिक रूपको अबिर तथा पानीको पिच्कारी एक आपसमा छ्यापाछ्याप गरिन्छ । विहिबार २६ गते बसन्तपुरमा होलीकाे विंगाे ठड्याएर हाेली सुरू गरेकाे थियोे । कतिपयले यस दिनलाई बिग्रिएको सम्बन्ध सुधार्ने अवसरका रूपमा पनि सदुपयोग गर्छन् ।










प्रतिकृया दिनुहोस्