- १२ फाल्गुन २०७८, बिहीबार २१:२७
त्रिभुवन विश्वविद्यालयले एक बिषयको नतिजा सार्वजनिक गरेको छ । विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि )बीएस्सी सीएसआईटी) विषय २०७८ को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
त्रिविद्वारा सम्बन्धन प्राप्त कलेजहरुमा पठनपाठन हुने चार वर्षे स्नातक तह अन्तर्गतको बीएस्सी/सीएसआईटीमा गत फागुन ७ गते गते संचालन भएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको हो।
त्रिविले प्रवेश परीक्षाको नतिजाको योग्यताक्रम अनुसारको नामावली प्रकाशन गरेको छ ।
प्रवेश परीक्षामा सम्मिलित भई उत्तीर्ण भएका सो विषय पढ्न इच्छुक विद्यार्थीहरुलाई त्रिविको वेबसाइटमा गई आफू पढ्न इच्छुक क्याम्पस–कलेजको प्रायोरटी फारम भर्न सूचित गरेको छ।
विद्यार्थीले आवेदनमा नै आफूले पढ्न खोजेको क्याम्पसमा १० वटासम्म रोज्न पाउने डीन कार्यालयले बताएको छ। फारम भर्ने अवधि शुक्रबार १० बजे देखि १९ गते अपरान्ह ५ बजेसम्म तोकिएको छ।










प्रतिकृया दिनुहोस्