file Photo
- २७ असार २०८२, शुक्रबार १९:५६
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अब दीक्षान्त समारोह तामझामकासाथ नगर्ने भएको छ । त्रिविले दीक्षान्त समारोहको मोडालिटी नै परिवर्तन गरेको छ ।
अब दीक्षान्त समारोह अध्ययन संस्थान र संकाय अनुसार फरक–फरक समयमा गर्ने त्रिविले निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको त्रिविको सभाले फरक–फरक समयमा दीक्षान्त समारोह गर्ने प्रस्ताव पारित गरेको हो । गत १३ पुसमा दशरथ रंगशालामा १४ हजार ३०८ जना विद्यार्थीलाई दीक्षित गर्दा अस्तव्यस्त भएपछि त्रिविले समारोहको मोडालिटी नै फेरेको हो ।
‘ठूलो तामझाम नगरी विद्यार्थीलाई दीक्षित गर्न लागेका हौँ । एकै पटक गर्दा ट्राफिक जाम र सुरक्षा चुनौती पनि भयो । अब अध्ययन संस्थान र संकायको फरक–फरक समयमा गर्ने निर्णय भएको छ,’ त्रिविका रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले भने, ‘एकै पटक रंगशालामा गर्दा सुरक्षामा गाह्रो भयो ।’
यसअघि त्रिविले कुलपति बोलाएर सबैलाई एकै दिन दीक्षित गर्ने गरेको थियो । दीक्षान्त समारोह व्यवस्थित नभएको भन्दै प्रश्न उठ्ने गरेको थियो । दीक्षान्त समारोहलाई व्यवस्थित गर्न फरक-फरक समयमा गर्न लागिएको त्रिविले जनाएको छ ।










प्रतिकृया दिनुहोस्