- २८ जेष्ठ २०८२, मंगलवार ०७:२०
काठमाडौं, त्रिभुवन विश्वविद्यालय, कानून संकाय अन्तर्गत B.A.LL.B. (ब्याचलर अफ आर्ट्स एण्ड ब्याचलर अफ लॉ) तह पहिलो सेमेस्टर (२०८२) मा नयाँ विद्यार्थी भर्नाका लागि लिइने लिखित प्रवेश परीक्षा फाराम अनलाइनमार्फत भर्न सकिने भएको छ।
कानून संकाय, डीनको कार्यालय, बल्खु, काठमाडौंबाट प्रकाशित सूचनाअनुसार नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गमा सबैभन्दा बढी १९० सिट रहेको छ। अन्य क्याम्पसहरूमध्ये पृथ्वीनारायण क्याम्पस, पोखरामा ५० सिट, बुटवल बहुमुखी क्याम्पसमा ७० सिट, मेहेन्द्र बहुमुखी क्याम्पस, बाँकेमा ७० सिट, धरानमा ९० सिट, र राष्ट्रिय ल कलेज, ललितपुरमा १०० सिट गरी देशभर जम्मा ५७० सिट उपलब्ध छ।
विगतका वर्षझैँ सेमेस्टर प्रणाली अनुरूप दश सेमेस्टर (पाँच वर्षे) को B.A.LL.B. कार्यक्रमका लागि इच्छुक विद्यार्थीहरूका लागि २०८२ शैक्षिक सत्रको पहिलो सेमेस्टर भर्ना प्रक्रिया सुरु भएको हो। भर्ना परीक्षा फाराम २०८२/०३/०१ गतेदेखि अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरिएको छ।
विस्तृत विवरण र फाराम भर्ने प्रक्रिया संकायको वेबसाइट www.fol.edu.np मा उपलब्ध छ।











प्रतिकृया दिनुहोस्