- ९ जेष्ठ २०८२, बिहीबार ०५:४२
काठमाडौं । सेवा विकासका लागि युवाद्वारा ककनी गाउँपालिकाका ५ विद्यालयमा शैक्षिक सामग्री वितरण कार्य सम्पन्न गरेको छ ।
सेवा र विकासका लागि युवाले नुवाकोटकाे ककनी गाउँमामा रहेकाे श्री काउले देवी ककनी ब्राइटर मा.वि, श्री विरेन्द्र प्राथमिक विद्यालय, श्रीसरस्वती माध्यमिक विद्यालय, श्री जालपादेवि आधारभूत विद्यालय, र श्री गणेश प्राथमिक विद्यालयका ६५६ जना विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

सामग्री वितरण कार्यक्रममा सेवा र विकासका लागि युवाले सञ्चालन गरेकाे शैक्षिक सामग्री वितरण अभियान समाजका आवश्यकतामा रहेका विद्यार्थीहरूलाई लक्षित गरेर अध्ययनमा सहयोग पुर्याउने उदेश्यले वितरण गरिएको परिषद्का महासचिव दिनेश कार्कीले बताउनु भएको थियोे ।

साथै कार्यक्रमका प्रमुख अतिथि हिन्दू स्वयंसेवक संघका प्रचार प्रमुख डा.दीपक कुमार अधिकारीले
समाजमा हुने खाने वर्गले हुँदा खाने समुहलाई साथ र सहयोग गरेर अगाडि बढनु पर्ने र सधैंव विदेशी दातृ संस्था र व्यक्तिकाे आशा र भराेसामा बस्नु नहुने कुरा बताउनु भएको थियोे । साेही अनुसार सेवा र युवाले यस्तो सकारात्मक सहयोगी अभियान सञ्चालन गरेकाे बताउनु भएको थियोे ।

जेष्ठ ०७ गते बुधबार गरिएको वितरण कार्यक्रममा हिन्दू स्वयंसेवक संघका राष्ट्रिय प्रचार प्रमुख एवं नीति अनुसन्धान प्रतिष्ठानका निर्देशक डा.दीपक कुमार अधिकारी, विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव दिनेश कार्की, ककनी गाउँपालिका
दुई नम्बर वडाका अध्यक्ष कृष्ण घिमिरे,
वडा नम्बर पाँचका वडा अध्यक्ष बुद्व लामा, समाजसेवी एवम् व्यवसायी दावा लामा, विद्यार्थी परिषद् राष्ट्रिय मिडिया संयाेजक एवम् छात्र विचार पत्रिकाका सम्पादक कृष्ण हुमागाईं, हिमाल दृष्टि मासिकका सह सम्पादक रविराज रिमाल, काउले देवी ककनी ब्राईटर माध्यमिक विद्यालयका प्राचार्य रामेश्वर अधिकारी लगायत त्यस गाउँकाका ५ वटै विद्यालयका प्राचार्य एवम् शिक्षक शिक्षिकाहरू, समाज सेवी युवा व्यवसायी र शिक्षकहरूकाे विशेष उपस्थितिमा उक्त शैक्षिक सामग्री वितरण गरिएको थियोे ।
कार्यक्रममा महिला समूह र दिदीबहिनीहरूलाई हिन्दू स्वयंसेवक संघकाे ३ सयवटा उपयोगी झाेला पनि वितरण गरिएको थियोे ।













प्रतिकृया दिनुहोस्