- ३ जेष्ठ २०८२, शुक्रबार ०७:३८
काठमाडौं । ओरेगन नेपाली समाज अमेरिकाकाे आर्थिक सहयोगमा काठमाडौं कीर्तिपुर र दाकाे तुल्सिपुरकाे विद्यालयमा अध्ययनरत तीन विद्यार्थीलाई सेवा र विकासका लागि युवाकाे समन्वयमा छात्रवृत्ति वितरण गरिएको छ ।

शुक्रबार जेठ १ गते सेवा र विकासका लागि युवाको समन्वय र ओरेगन नेपाली समाज अमेरिकाको आर्थिक सहयोगमा काठमाडौकाे किर्तिपुरमा रहेको श्री बाघभैरव मा.विकाे कक्षा ९ मा अध्यनरत छात्रा आचल कुमारी मन्डल , कक्षा ८ मा अध्यनरत छात्रा एलिसा तामाङ र दाङकाे तुल्सिपुरमा रहेको श्री अमर माध्यमिक विद्यालयकाे कक्षा ९ मा अध्यनरत छात्रा बिन्दु चौधरीलाई उक्त छात्रवृत्ति वितरण गरिएको हाे ।

कीर्तिपुरकाे छात्रवृत्ति वितरण कार्यक्रममा सेवा र विकासका लागि युवाका संयोजक प्रकाश शर्मा, विद्यालयका प्रधानाध्यापक मिन बहादुर सिह विद्यालय व्यवस्थापन समिती सदस्य नारायणी बुढा र प्राज्ञिक बिद्यार्थी परिषद नेपालका राष्ट्रिय सचिव लोक बहादुर चयडा लगायतका व्यक्ति र विद्यार्थीहरूकाे सहभागीता रहेको थियो । भने दाङको छात्रवृत्ति वितरण कार्यक्रममा प्राज्ञिक बिद्यार्थी परिषद्,नेपाल लुम्बिनी प्रदेश संगठन सचिव मणिराम चौलागाई तुल्सिपुर नगर अध्यक्ष खड्क प्रसाद पौडेल र विद्यालयका प्र.अ पदम बहादुर ओलिकाे उपस्थित रहेको सेवा र विकासका लागि युवाले जनाएको छ ।
सेवा र विकासका लागि युवाले शिक्षा क्षेत्र, सामाजिक क्षेत्र र युवाहरूकाे विकासका लगि काम गर्दै आइरहेको छ ।










प्रतिकृया दिनुहोस्