- २५ माघ २०७८, मंगलवार ११:५५
विश्वहिन्दु परिषद्ले रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ लक्ष्मीनिया टोलमा सरस्वती माताकाे प्रतिमा बिसर्जनको क्रममा निकालिएको यात्रामाथि भएको आक्रमणकाे निन्दा गर्दै दाेषिलाई तुरुन्तै कारबाही गर्न माग गरेकाे छ ।
माघ २४ गते रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ लक्ष्मीनिया टोलमा माता सरस्वतीकाे प्रतिमा बिसर्जनको क्रममा निकालिएको यात्रामाथि मुस्लिम सुदायका व्यत्तिहरूले प्रतिमा बिर्सजन गर्न गएका यात्रीहरूलाई आक्रमण गरेकाे भन्दै दाेषिलाई कारबाहीकाे लागि माग गरेकाे छ ।

विश्वहिन्दु परिषद्ले एक विज्ञप्ति निकाल्दै घटना प्रति गम्भीर ध्यानाकर्षण भएको र दाेषि व्यत्तिहरूलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कारबाहीकाे लागि सरकार सँग माग गरेकाे छ । साेमबार दिउँसो सरस्वतीकाे प्रतिमालाई मस्जिदको बाटो भएर यात्रा लगेका निहुमा स्थानीय आतंकी एवं अपराधी मानसिकता भएका तत्वहरुद्वारा आक्रमण गरेकाे थियोे । साथै मुस्लिम समुदायका महिला र पुरूषहरू एक्कासी सुरक्षार्थ खटिएका प्रहरी, प्रतिमा र हिन्दू माथि घरभित्रबाट अस्लिल गालीगलौज सहित ढुङ्गामुढा गर्न थालेपछि प्रहरी र स्थानीयहरू समेत गम्भीर घाइते भएका थिए ।
महिला तथा बालबालिका समेतलाई लक्षित गरी सरस्वती माताको प्रतिमामाथि मुस्लिमहरूद्वारा गरिएको ढुङ्गामुढा–चप्पल जुत्ता प्रहारको उक्त घटनाले सम्पूर्ण सनातन हिन्दू समाजलाई आहात एवं आक्रोशित बनाएको छ विश्वहिन्दु परिषद्ले जनाएको छ । आतंकी तथा अपराधी प्रवृतिका तत्वहरुको समय मै कानुनी उपचार हुन नसक्दा रौतहट लगायतका जिल्लाहरुमा यस्ता घटना घटाउन उनीहरुको मनोवल बढेको विश्वहिन्दु परिषद्का महासचिव जितेन्द्र सिंहले बताए ।











प्रतिकृया दिनुहोस्