- १६ चैत्र २०८१, शनिबार २०:०९
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर राजीनामापत्र बुझाएका हुन्।
राजीनामा दिएर उनी शनिबार विहानै पोखरास्थित घर गएको त्रिवि स्रोतले जनाएको छ। पछिल्लो समय त्रिविमा निम्तिएका घटनाक्रमप्रति उनी असन्तुष्ट रहँदै आएका थिए भने विद्यार्थीले विभिन्न माग राख्दै दबाब दिँदै आइरहेका थिए। त्रिवि कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत उनी असन्तुष्ट थिए। यद्यपि, उनले राजीनामा दिएको खास कारण भने यतिमात्रै नभएको उनको सचिवालय स्रोतले जानकारी दियो । उनको राजीनामा भने स्वीकृत भइसकेको छैन।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्