- १४ फाल्गुन २०८१, बुधबार १३:५७
फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने नरहेको बताएका छन् । मङ्गलवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा क्षेत्र खेलबाड गर्ने थलो नभएको उल्लेख गर्दै उक्त कुरा बताएका हुन् ।
उनले भने ‘निजी विद्यालयलाई गुठीमा लानु भनेको छ, कसका गुठीमा लानु ? पैसा खर्च गरेर जग्गा किनेको छ, पैसा खर्च गरेर घर बनाएको छ, शिक्षा खेलबाड गर्ने ठाउँ हैन । जनतालाई सवल बनाएर अगाडी बढाउने पक्षमा सरकारले काम गर्छ, जनतासँग पनि त्यस अनुसारको सहयोग अपेक्षा गरिन्छ ।’
विद्यार्थीले आफै पैसा तिरेर पढ्छु भनिरहेको बताउँदै विद्यार्थीहरूलाई आफै तिरेर पढ्न दिनुपर्ने उनको भनाई थियो । प्रधानमन्त्री ओलीले कसैलाई सनक चढेको बेलामा एउटा निर्णय ठोक्दिने गरेको उल्लेख गर्दै यस्ता निर्णयहरू हतपतमा गर्नु नहुनेमा जोड् दिए । ‘शिक्षा खेलबाड र प्रयोगात्मक थलो होइन । त्यसलाई गम्भीर रूपमा लिनुपर्दछ र उन्नतिको लागि प्रभावकारी ढंगले व्यवस्थित ढंगले अगाडी बढ्नु पर्दछ’ उनले भने ।










प्रतिकृया दिनुहोस्