- २९ माघ २०८१, मंगलवार १३:३२
म भित्र प्रश्न जन्मन्छ थुप्रै हिड्द्छु जताततै
सोध्दछु प्रश्न खोज्नलाई उत्तर लौन एताकतै
उ विद्यार्थी नेता रे प्रति प्रश्न मैले जवाफ भेट्दछु
जस्तो देख्दछु उसलाई मैले त्यस्तै नै लेख्दछु
हप्तामा एक दिन कक्षामा पढ्न, हाजिर हुन सक्दैन
विश्वविद्यालयको नियम कानुन उसले मानु नि पर्दैन
सहभागी हुन पाउदछ परीक्षामा उ खोइ कसरी
नेतालाई कानुन लाग्दैन भन्ने मान्यता छ जसरी
अन्य विद्यार्थी सङ्गै बसि परीक्षा उसले पास गर्न सक्दैन
लैजान पाउछ सङ्गै मोबाइल गेसपेपर कसैले रोक्दैन
छुट्टै हुन्छ उसले दिने परीक्षा हल अनि कोठा पनि
गरिन्छ छुट्टै सेटिङ्ग उसलाई विद्यार्थी नेता भनि
गुरुलाई दण्डवत प्रणाम गर्न जान्दैन न गर्छ सम्मान
माग्दछ पैसा नदिए धम्की दिई गर्दछ आक्रमण
बचाउन उसलाई लाग्दछन पाटीका नेता गर्यो लौ भुल भनी
धिक्कार मान्छन प्राध्यापकले कस्तो पेशा अङ्गालेछु नि भनि
जो एक दिन पनि सक्दैन बाच्न लागुपदार्थ सेवन नगरी
देख्दछ उसले विश्वविद्यालय सुधार गर्ने सपना खोइ कसरी
सक्दैन आफ्नै क्षमताले उसले परीक्षा पास गर्न कहिल्यै
गर्दछ भर्ना स्व.वि.यु. मा भाग लिन भनी उसले जहिल्यै
गर्दैन जसले छात्रा विद्यार्थीको स्वभिमानको सुरक्षा सम्मान
प्रयोग गर्छ केवल उसलाई मान्दछ मनोरञ्जनको साधन
ज्ञापन पत्र, तालाबन्दी, धर्ना, बन्द हड्ताल बाहेक
मान्दैन उसले यस भन्दा अरु विद्यार्थीको कार्यक्रम लायक
डकुमेन्टको लागि घण्टौ सम्म झ्यालमा लाग्नु पर्छ लाइन
ढोकाबाट नै जान पाउँदछ उसले नबसी कतै लाइन
त्रि.वि.मा डकुमेन्ट लिनको लागि विद्यार्थीमा ठुलो छ अन्तर
पाउँदछ उसले २५ दिनको सट्टा १ दिन पछिको उत्तर
आफ्नो पाटीको प्रध्यापकले नियुक्ति हुने आधार नदेखे पछि
लाग्दछ उ तालाबन्दी, हड्ताल, अनसन भनि नाटक है रची
विश्वविद्यालय सुधार भनि दिन्छ नाम तर खादैन है मेल
नियुक्ति सङ्गै सकिन्छ उसको देखावटी अचम्मको त्यो खेल
अरु बेला उ टेक्दैन कहिल्यै आउदैन कलेज र कक्षामा
चुनावको बेला आइरहन्छ उ डिस्टब गर्न बारम्बार कक्षामा
चुनावमा बाहेक विद्यार्थीको मुद्दा र समस्या भेट्दै भेट्दैन
कस्तो आँखा हो कुन्नी चैत ५ बाहेक अरु मिति देख्दै देख्दैन
सुधार गर्न विद्यार्थी स्वयं अब तिमीले नै पर्दछ
विद्यार्थी तिमीले जस्तो बीउ रोप्छौ उस्तै नै फल्दछ
राजदूत बनाइ पाटिले यहाँ जो जसलाई चुन्दछ
विद्यार्थी भन्न नसुहाउने व्यक्ति उहि नेता बन्दछ
(उहाँ विश्वविद्यालय क्याम्पस त्रिभुवन विश्वविधालय कीर्तिपुर
राजनीति शास्त्र पहिलो सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ )










प्रतिकृया दिनुहोस्