- १७ माघ २०८१, बिहीबार १९:१०
तुहिने रहेछन् देखेका सपनाहरु
भाँच्चिने रहेछन् टेकेका हाँगाहरु
गुम्सिने रहेछन् मनमै घाउहरु
कालो बादलले ढाक्ने रहेछ जित्ने चाहनाहरु ।।
जब विश्वासको माया लत्तिएर जान्छ
तब धैर्यताको बाँध टुटेर जान्छ ।
जब म छु भन्ने साथी खोज्छ मलाई नै हराउन
तब नसकिने रहेछ आफ्नै मनलाई काबुमा राख्न ।।
खुशी जसलाई पहिले देख्ने गर्दथे मेरो हितमा
उनै दु:खी हुने भयो अब अहिले मेरो जितमा ।
इतिहास रच्ने सबै चाहनाहरु छिनभरमै टुट्दा रहेछन्
अनि जित्ने चाहना सबै छिन भरमै मर्दा रहेछन ।।
सम्झन्छु फेरी तिमीले बोलेका ती पहिले सङ्गै हुँदाका बोली
थाहा थिएन झुटा थिए या साच्चै बोलेका थियौं मन खोली
कोहि होस् या नहोस् भन्थेउ म हुनेछु संधै तिम्रो साथमा
नसकिने रहेछ सम्हाल्न आफ्नै मनलाई देख्छु उसैलाई अरु कसैका काखमा ।।
कोशीस गरेकै हो सम्हाल्न हरबखत आफुलाई
तर काबुमा राख्न सकिन मैले आफ्नै मनलाई ।
मलिन अनुहार देखेर केही साथी सोध्ने गर्दथे खोइ त तिम्रो पहिले झै हाँसो
बाहिर खिस्स हासेझै गर्दै मनले पनि मनमनै भन्दोहो लगाउन मन छ अब आफैलाई पासो ।।
झर्ने रहेछन् अनयासै मोतिका दानाहरु आँखाबाट तपतप
बिर्सनै नसक्ने घाउले पोति दियो मनमा नै बनायो लतपत ।
तिमीलाई मात्र देख्न चाहाने आँखालाई पनि सुटुक्क मनले भन्दो हो
मलाई दुख्छ झन् झन् बिन्ती उसलाई अब नहेरी देउ भो ।।
दिमागले भन्छ जित्नु पर्छ तैले अब अगि बढ् सबै कुरा भुलेर
जित्न मन लागेको छैन आफ्नै मनलाई न बोल्नै मन छ खुलेर ।
हिड्दा हिड्दैका पाइलाहरु अब रोकिन्छन् कहि कतै बिसाउन
मनको चाहाना बेगर कठै सकेन दिमागले पनि जिताउन ।।
जीवनमा कहिल्यै नहारेको म भित्रको मलाई पनि दिमागले बारम्बार सोध्दो हो-
“केहिलाई खुशी बनाउन, बनाइस धेरैलाई दुखी
के अब भइस साच्चै त खुशी ?”
म भित्रको म ले पनि मलिन आवाजमा झसक झसक झस्किदै बारम्बार भन्दो हो-
“बिन्ती छोडिदेउ यी प्रश्न अब गरिदेउ मलाई माफी, बनाए धेरैलाई दुखी न रहे आफु नै कहिल्यै खुशी ।”
नआएका होइनन् कृष्णरुपी नारायणहरु सम्झाउन यी मनलाई ।
सक्दै सकिन मैले काबुमा राख्न आफ्नै अनियन्त्रित मनलाई ।।










प्रतिकृया दिनुहोस्