- १९ माघ २०७८, बुधबार १०:३३
काठमाण्डाै – माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले मनाउने सोनाम ल्होसारको अवसरमा भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर भोलि माघ १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ । विशेष गरी नेपालका मध्य पहाडी भेगमा बसोवास गर्ने तामाङ समुदायको यो प्रमुख चाड हो ।
मञ्जुश्री पात्रोअनुसार सोनाम ल्होसार पर्वसँगै भोलिदेखि गाई वर्ष पूरा भई बाघ वर्ष आरम्भ हुँदैछ ।

सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्