- २ आश्विन २०८१, बुधबार १७:०५
असाेज ०२, रसुवा । रसुवाकाे गाेसाईकुण्ड गाउँपालिकामा रहेको राष्ट्रिय आधरभुत विधालयमा विद्यार्थी परिषद्ले शैक्षिक सामग्री वितरण गरेको छ ।
यस वर्ष देशभरका १६ वटा जिल्लाका सामुदायिक विद्याालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको परिषद्ले जनाएको छ ।
रसुवा जिल्ला गाेसाइकुण्ड गाउँपालिका टिमुरेमा रहेको आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक व्याग, कापि, कलम, प्राज्ञिक अङ्ग्रेजी बाेलिचालि पुस्तक, च्यामिति बक्स लगायतका सामग्रीहरू वितरण गरेको हाे ।
वितरण कार्यक्रममार्फत प्रमुख अतिथि नारायण प्रसाद ढकाल, गोसाइँकुण्ड गाउँपालिका-२ का वडा अध्यक्ष, रसुवागढी जलविद्युत आयोजनाको संचालन समिती सदस्य : सोनाम वाङ्ग्दी तामाङ, गोसाइँकुण्ड गा.पा.-२ का निवर्तमान अध्यक्ष दावा दिङ्बु तामाङ, विद्यार्थी परिषद्का शुभ चिन्तक तथा समाज सेवि ग्याल्साङ् लामा, पर्यटन व्यवसायी फिन्जोल लोपचन विद्यालयका प्राचार्य फुर्बु दोर्जे घले,सेवा र विकासका लागि युवाका निर्देशक अर्जुन वगाले, कार्यालय प्रमुख सुयोग्य न्यौपाने लगायत स्थानीय व्यक्तिहरूकाे विशेष उपस्थितिमा उक्त शैक्षिक सामग्री वितरण गरिएको थियो ।











प्रतिकृया दिनुहोस्