- २१ भाद्र २०८१, शुक्रबार १७:५७
काठमाडौँ । कृष्ण हुमागाईं, वैदिक सनातन हिन्दु समाजमा महिला दिदिबहीनीहरूलाई विशिष्ट प्रकारको सम्मान र उच्च दर्जा प्रदान गरिएको छ । जहाँ नारीको पूजा हुन्छ त्यहाँ ईश्वरको बास हुन्छ । त्यसैले नारीको पूजा नगरी कुनै पनि शुभ कार्य पुरा हुँदैन भन्ने वैदिक मान्यता रही आएको छ ।
नारीशक्तिविना यो सृष्टिको कल्पना गर्न सकिदैन त्यसैले महिलालाई हाम्रो धर्मशास्त्रमा सृष्टि कर्ताको रूपमालिएको छ र यर्थात पनि त्यही हो । आज विश्वको कयौँ देशमा र अन्य पन्थ (मजहव) भित्र महिलालाई भोगको साधनको रूपमा लिने गरेको पाइन्छ । इस्लामले त झनै महिलाहरूलाई बच्चा जन्माउने मेसिन र भोग गर्ने साधनमात्र हो भन्ने जस्तो व्यावहार गरेको पाइन्छ । यस्तो परिस्थितिमा सनतान हिन्दु धर्म र नेपाली समाजमा महिलाहरूको लागि विशेष प्रकारको सम्मान र महिला सशक्तीकरण्का लागि हजारौँ वर्षदेखि आफ्नै चाड पर्व छन् जुन हरितालिका तीज र जितीया पर्वको रूपमामनाउने गरिन्छ ।
हरितालिका तीजको महत्व हाम्रो सनातन संस्कृतिमा ठूलो रहेको छ । यो तीज पर्व भाद्र शुक्लपक्षको तृतीयाको दिन मनाइन्छ । मुख्यरूपमा सम्पूर्ण नेपाली महिला दिदिबहिनीहरूले यस पर्वलाई विशेष रूपले मनाउँदै आइरहेका छन् । यो तीज को व्रत अविवाहित महिला तथा पुरुषहरूको लागि पनि उत्तिकै श्रेष्ठ मानिएको छ । हरितालिका तीजमा भगवान शिव, माता गौरी एवं गणेशजीको पूजा–आराधनाको महत्व रहेको छ । यसमा निराहार व्रत अर्थात निर्जला भई तथा रात्रि जाग्राम गरि नाचगानको साथ गर्ने गरिन्छ
तीजको व्रतले मानसिक तनावबाट मुक्त, आयु, आरोग्य र ऐश्वर्य प्राप्ति हुने शास्त्रीय मान्यता छ । त्यसैकारणले पनि महिला दिदिबहीनीहरूले यो पर्व उत्साह उमंग्गका साथ हजारौँ वर्षदेखि निरन्तर मानउँदै आइरहेका छन् ।
तीज पर्वले विविध क्षेत्रमा निरन्तर वर्षभरि गर्ने कामको दाबबाट महिलाहरूलाई एक किसिमको स्वतन्त्रता, आत्मासन्तुष्टि र आफ्ना दिदिबहिनीहरूसँग एक साथ बसेर सुखदुख साटासाट गर्ने, सास्कृतिक चेतना हस्तान्तरण गर्ने अवस प्रदान गर्ने भएकोले यसलाई महिलाहरूले आफ्नो सांस्कृतिक उत्सवको रूपमा मनाउने गरेका छन् ।
हरितालिका तीजको विषयलाई लिएर मूलधारका सञ्चार माध्यम र विभिन्न एनजिओ आइएनजिओ कर्मीहरू पश्चिमी योजनामा काम गर्ने अभियन्ता तथा नारी अधिकारीवादीहरूले महिलालाई पतिको दासको रूपमा चित्रण गर्ने पर्व भएको नारीलाई अझैँ पनि पित्तृ सत्ताबाट माथि उठन नदिएको साथै विरहमा मात्रै राखिरख्ने खालको पर्व भएकोले यसलाई पविर्तन गरिनु पर्ने, तीज हटाउनु पर्ने जस्ता नकारात्मक टिकाटिप्पणीहरू गर्ने गरेको पाइन्छ । जो यो नेपालमा धर्मान्तरण गर्न पाउनु पर्छ भनेर धर्मनिरपेक्षताको ओकालत गर्छन् उनीहरूले नै तीज पर्वको नकारात्मक टिप्पणी र विरोध गर्ने गरेका छन् । जब तीज पर्व सुरु हुन्छ तव दर्जनौँ लेख रचनाहरू तीजको व्रत र वैदिक मूल्यमान्यता विपरीतको विषयमा लेखिने गरेको छ । जुन कार्य पश्चिमी भेषका नेपालका मूलधार भनिने सञ्चार माध्यहरूले गरिरहेका छन् । उनीहरू आज मात्र र तीज मात्र नभएर नेपालको हरेक राष्ट्रिय पर्वहरूको कुनै न कुर्नै तरिकाले नकारात्मक ढंगबाट लेख रचना र समाचारहरू लेख्ने गरेका कृतदासका रूपमा कार्यरत छन् ।
आलिभिः सखिभिः हरिता इति हरितालिका । अथवा सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिका । ‘हरित’ को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । पौराणिक प्रसंग अनुसार भाद्र शुक्ल तृतीयाको दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीहरूले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो ।
धार्मिक रूपमा तीज अन्तर्गत उमामहेश्वरको पूजा गरी निराहार व्रत बस्ने र भोलिपल्ट व्रतको उद्यापन गरेर भोजन गर्नेसम्मका कृत्यहरू पर्दछन् । तीजमा निराहार व्रत बसी पार्वतीसहित भगवान् शिवको पूजा–आराधना गर्ने नियम छ । यसका साथै तीजमा दरका रूपमा विशेष खानपान, नाचगान र मनोरञ्जन समेत गरिन्छ । यो पर्व नेपाल, भारत लगायत विश्व भर बसोबास गर्ने हिन्दूहरू र नेपाली भाषी भएका अन्य मुलुकमा समेत मनाइन्छ । वास्तावमा भन्नु पर्दा आजको दिनमा तीज पर्व अन्तराष्र्टि«यकरण भइरहको छ । तीजमा मीठामीठा परिकार आफैंले पकाएर आफन्तहरूलाई बोलाएर आफ्नै मिहिनेतको फल खाने र खुवाउने चलन छ । यस्तै नयाँ कपडा तथा गरगहना जोरजाम गर्ने पर्वका रूपमा पनि तीज पर्व अगाडि रहेको छ ।
नेपाली समाजमा प्राचीनकालदेखि नै तीजलाई महत्त्वपूर्ण पर्वका रूपमा लिने गरेको पाइन्छ । विवाह भएर टाढा पुगेका छोरी–चेली–भान्जीहरूलाई घरसम्मै माइती लिन जाने, माइतमा एकसाथ भेला हुने, रमाइलो भेटघाटबीच मीठो एवं स्वादिष्ट दर खाने, व्रत बसी सामूहिक पूजा गर्ने र नाचगानका माध्यमले आफ्ना दुःखसुखका पिरमर्का व्यक्त गर्ने अवसर तीजले नै जुटाउंछ ।
यस पर्वलाई पतिपत्नीबीचको सम्बन्ध प्रगाढ बनाउने, आपसी सहयोगको भाव प्रत्यक्षरूपमा व्यक्त गर्ने, उमामहेश्वरको पूजाद्वारा पतिपत्नी एक–अर्काका पूरक भएको आत्म सन्तुष्टि प्राप्त गर्ने, ईश्वर–उपासनाद्वारा इच्छाएको फल प्राप्त गर्ने जस्ता अनेकौं प्रेरणाहरू तीज पर्वबाट प्राप्त गर्न सकिन्छ । पतिपत्नीबाट अलि माथि उठेर हेर्दा सामाजिक पक्षसँग यो पर्व जोडिन पुग्छ । घरमा सासू–बुहारी र नन्द–भाउजूबीचको सम्बन्ध पनि तीतो नभएर मीठो एवं प्रगाढ नै हुनुपर्छ । तीजलाई सासू–बुहारी र नन्द–भाउजू बीच विग्रेको सम्बनधलाई सुधार गर्ने अवसको रूपमा पनि लिइन्छ ।
तसर्थ, नेपाली हिन्दू समाजमा बाहिर भनिए जस्तो नारीहरूलाई फरक देष्टिकोणले हेर्ने, शोषण गर्ने, अधिकार र अवसबाट बन्चित गर्ने, घरबाट बाहिर जान नदिने, हरेक क्षेत्रमा महिलाहरूलाई पछाडी पारिएको भन्ने कुरा अफवाह मात्र हो । किन भने महिलाको लागि भनेर जुन समाजमा हजारौँ वर्षदेखि छुटै विशेष महत्त्वका साथ विशेष प्रकारको चाड पर्वहरू मनाउने गरिन्छ त्यो वैदिक सनातन हिन्दु समाजमा महिलाहरू कसरी पछाडी पारिन्छन् ? विचको कालखण्डमा कुनै व्यक्ति विशेषबाट हुने र कुनै समुदाय विशेषबाट भएको घटनालाई लिएर समग्र हिन्दू समाज र नेपाली समाजमा नारी शक्तिलाई शोषण गरिएको, अवस नदिएको, घर भित्रमात्र सिमित राखिएको र समग्र क्षेत्रमा पछाडी पारिएको छ भन्नु यो झुटो प्रचारबाजी मात्र हो । आज विश्वको कुन देशमा छ यस्तो पर्व जहाँ महिलाहरूको लागि मात्र छुटै महत्त्वका साथ पर्व मनाइन्छ ? त्यसैले हरितालिका तीज विश्वका नारी शक्तिहरूका लागि विशिष्ट प्रकारको सांस्कृतिक र महिला सशक्तीकरणको पर्व हो जसले नारी शक्तिलाई उच्च सम्मान विशिष्ट दर्जा प्रदान गरेको छ ।










प्रतिकृया दिनुहोस्