- २ भाद्र २०८१, आईतवार १५:२२
दोलखा । हिन्दुधर्म गुुरु १००८ बाबा कालिदास (कालिबाबा) ले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताएका छन्। शनिवार दिउँसो करिब पहुनेँ ३ बजे हेलिकप्टरबाट दोलखा सहर आएका बाबाले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने बताएका हुन्।
उनी विश्व शान्तिको कामना गर्दै भीमेश्वर मन्दिरमा विशेष कोरा क्षमापुजा गर्न भिमेश्वर मन्दिरमा आएका थिए। सो क्रममा सरकारले नेपाललाई हिन्दुु राष्ट्र बनाओस भन्दै कालिबाबाले अर्कोपटक आफु नेपाल आउँदा हिन्दुुराष्ट्रको रुपमा पुजा आराधना गर्न पाउनु पर्ने विश्वास व्यक्त गरे । उनले दोलखा भिमसेनलाई गत महिना २ पटक पसिना आए पश्चात हवाइजहाज दुर्घटना, बाढीपहिरो जस्ता घटना घटेको समेत दावी गरे ।
मन्दिर परिसरमा “सञ्चारकर्मी, मन्दिर व्यवस्थापन समिति, जिल्ला प्रमुख अधिकारी, जनप्रतिनिधि, भक्तजनहरूसँग कुराकानी गर्दै भने , देशमा शान्ति रहोस् , समृद्धि रहोस् भाइचारा,एकता अखण्डता सदै सबैमा रहिरहोस् एक मुठी सातु त घुटुक्क पानी खाएर नेपालीहरु सुख शान्तीले बस्न सकुन । ” बाबा भारतबाट केही दिनअघि मात्रै नेपाल आएका थिए।










प्रतिकृया दिनुहोस्