- २६ श्रावण २०८१, शनिबार १८:१६
काठमाडाैं विश्वविद्यालयले स्नातक तहमा पनि हेल्थ इन्फरम्याटिक्स कार्यक्रम पढाउने भएको छ । स्वास्थ्य विज्ञान र सूचना प्रविधिका विषयहरूकाे सम्मीश्रण मानिने हेल्थ इन्फर्मेटिक्स शैक्षिक कार्यक्रम यसअघि स्नातकोत्तर तहमा सञ्चालित थियो ।
कार्यक्रमका संयोजक उपप्राध्यापक सन्तोष खनालका अनुसार यो कोर्स अध्यापन गराउन सबै तयारी पूरा भइसकेको छ । अब चाँडै भर्ना खुलाइने छ । विश्वविद्यालयमा यो कार्यक्रमको सञ्चालन स्कुल अफ मेडिकल साइन्ससँगकाे समन्वयमा कम्प्युटर साइन्स एन्ड इन्जिनियरिङ डिपार्टमेन्टले गर्नेछ ।
वि.सं. २०७९ मा विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपालमा नै पहिलो पटक यस कोर्स सुरु गरेको थियो । उसैगरी स्नातक तहमा पनि नेपालका लागि यो कोर्स पहिलो हुनेछ ।
त्यसैगरी यसपटक यो कोर्स काभ्रे, धुलिखेल बाहिर पनि पढाइ हुने भएको छ । उपप्राध्यापक खनालका अनुसार १२७ क्रेडिट आवरको चार वर्षे (आठ सेमेस्टर) यो कोर्स कलेज अफ मेडिकल साइन्सेस, भरतपुर र मणिपाल कलेज अफ मेडिकल साइन्सेस, पोखरामा पनि एकै पटक सञ्चालन हुनेछ ।
यस कोर्सले स्वास्थ्य क्षेत्र र आईटीमा भएको खाडल पूरा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।










प्रतिकृया दिनुहोस्