- २१ श्रावण २०८१, सोमबार १३:१९
काठमाडौँ, २१ साउन । प्रविधिमैत्री शिक्षा बनाउने उदेश्यले काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले एम्बिसन गुरुसँग सहकार्य गर्ने भएको छ । बिटेकएड आईटी अध्ययन गरिरहेका विद्यार्थीहरूलाई इन्टर्नशिप गराउने उदेश्यले सहकार्य गरेको हो ।
काठमाडौँ विश्वविद्यालय र एम्बिसन गुरुबिच प्रविधि मैत्री शिक्षा बनाउनका लागि कार्य योजना निर्माण गर्दै अघि बढ्ने सहमति भएको छ । बिगत २ वर्षदेखि निरन्तर रूपमा दूर शिक्षा र प्रविधिमैत्री शिक्षामा काम गरिरहेको एम्बिसन गुरुले अबको योजना विश्वविद्यालयसँगको सहकार्यमा अघि बढाउने छ ।
काठमाडौँ विश्वविद्यालयका डीन डा.बालचन्द्र लुइँटेलले हाल बिटेकएड आईटी अध्ययन गरिरहेका विद्यार्थीहरूको इन्टर्नशिप गराउने कार्य यसै वर्षदेखि सुरु गरिने बताए । यस प्रकारका अवसरहरूले विद्यार्थीहरूलाई कामको अनुभव लिन मद्दत हुने उनको भनाई थियो ।
एम्बिसन गुरुका शैक्षिक निर्देशक प्रकाश पाण्डेले, दुर्गम क्षेत्रका शिक्षकहरूलाई सजिलो माध्यमबाट आफ्नो अध्ययन सुचारु गर्न सहयोग गरिएको र हालसम्म ३ हजार भन्दा बढी सदस्यहरू जोडिएको जानकारी दिँदै अबका दिनमा विश्वविद्यालयसँगको सहकार्यमा संस्था अझ सशक्त हुने खुसी व्यक्त गरे ।
सञ्चालन र परिचालन अधिकृत प्रनिल अर्यालले आफूहरू द्रुत गतिमा प्रविधि र शिक्षामा काम गरिरहेको र यसै रफ्तार कायम रहे कार्यसम्पादन अझ प्रभावकारी हुने बताए ।










प्रतिकृया दिनुहोस्