- ११ श्रावण २०८१, शुक्रबार १६:१८
साउन ११, काठमाडौं । प्रसिद्ध दोलखा भीमेश्वरमा राष्ट्रपतिद्वारा क्षमा पूजा गराउनु भएको छ । भीमेश्वर शिलामा पसिना आएपछि आज शुक्रवार राष्ट्रपतिले क्षमा पूजा गराउनु भएको हो ।
शिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने जनविश्वास छ। अनिष्ट तथा संकट टार्नका लागि शुक्रवार राष्ट्रपति कार्यालयबाट पठाएको कालो बोका र पूजा सामग्रीसहित क्षमा पूजा गरिएको छ । भीमेश्वरको पसिना पुछिएको कपास ‘महाप्रसाद’का रूपमा जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति कार्यालय पठाएपछि राष्ट्रपति कार्यालयबाट क्षमा पूजा पठाउने प्रचलन छ।
सोही परम्परा अनुसार मन्दिरमा धार्मिक विधि अनुसार क्षमा पूजा गरिएको छ। राष्ट्रपतिको तर्फबाट प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल आफै कर्ता बसेर धार्मिक विधि अनुसार रुद्री र होम गर्नुभयो ।
क्षमा पूजामा ११ पुरोहित ब्राम्हणहरुबाट भीमेश्वरको शिलामा अविच्छिन्न जलधारा सहित लघुरुद्री पाठ गरिएको छ । मन्दिर परिसरमै यज्ञ होमाधी गरिनुका साथै मुलुक शान्तिको कामना गर्दै माङ्गलिक दोष शान्ति सहित ग्रह पूजा समेत गरिएको छ।
भीमेश्वर मन्दिरको शिलामा बुधवार र गत शनिवार गरेर एक साताको बिचमा दुई पटक पसिना आएको थियो।











प्रतिकृया दिनुहोस्