- ३० असार २०८१, आईतवार ०५:३५
असार २९, काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानद्वारा आयोजित वर्तमानमा हिन्दू समाजको अवस्था, हाम्रो भूमिका तथा प्रयास सम्बन्धि समसामयिक विषयमा आयोजित धार्मिक संघ संस्था अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वक्ताहरूले वर्तमानमा हिन्दू समाजको अवस्था र धर्म संस्कृतिको संरक्षण प्रवद्धर्नमा सम्बन्धमा हिन्दूहरूको भूमिका तथा प्रयासका बारेमा चर्चा भयो । समाजका अत्यन्तै प्रभावशाली व्यक्तित्वहरूको उपस्थित धार्मिक संघसंस्था अन्तरक्रिया कार्यक्रममा विगतमा हिन्दू समाजलाई झुक्याएर षडयन्त्र पूर्वक लादिएको धर्मनिरपेक्षता र संविधान संशोधनका विषयमा समेत विमर्श भएको थियो । कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले धर्मसंस्कृतिको पक्षमा एकताबद्ध भएर कार्य गर्नु पर्ने आवश्यकता औंल्याउँदै हिन्दू धर्म संस्कृति विरुद्ध भइरहेको षडयन्त्रलाई भण्डाफोर गर्न आवश्यक रहेको विचार राखेका थिए ।

शनिवार कमलपोखरीस्थित अग्रवाल भवनमा आयोजित कार्यक्रम अभियानका राष्ट्रिय संयोजक पूर्व प्रधान न्यायाधीश श्रीमान् गोपाल पराजुलीको संयोजकत्वमा भएको थियो । कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक अचुतकृष्ण खरेल, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिम्सिना, सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारी र न्यायालय, प्रहरी प्रशासन तथा अन्य विभिन्न सरकारी क्षेत्रमा कार्य गरी अवकाश प्राप्त विशिष्ट व्यक्तित्वहरू लगायत विभिन्न धार्मिक संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागी संघसंस्थाले आआफ्नो सङ्गठन भित्र यस विषयमा विमर्श गर्ने संकल्प समेत लिएका थिए भनें हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले समेत यथासिघ्र एउटा ठोस कार्यदिशा र योजनाको साथमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको थियो ।










प्रतिकृया दिनुहोस्