- ३० जेष्ठ २०८१, बुधबार ०७:२४
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि शुरु हुने भएको छ। त्यसका लागि आवेदन बुधबारदेखि भर्न सकिने चिकित्सा शिक्षा आयोगले जनाएको छ।
आयोगका कार्यकारी उपाध्यक्ष प्राडा अञ्जनीकुमार झाले आयोगले स्नातक तहको परीक्षाका लागि योग्यता पुगेका इच्छुक विद्यार्थीले बुधबारदेखि असार १८ गतेसम्म आवेदन दिन सक्ने जानकारी दिए।
आयोगले एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बीएस्सी मिडवाइफ्री, बीएएमएस, बी फार्मालगायतका स्नातक तहका विषयमा आवेदन दिन सकिने बताए।
असार १८ देखि २५ असारसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने छ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्