- २५ जेष्ठ २०८१, शुक्रबार २१:२६
भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी नियुक्त हुनु भएको छ । एनडीए गठबन्धनका नेता मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
मोदी तेस्रोपटक भारतको प्रधानमन्त्री बन्न सफल हुनु भएको हो । एनडीएका सांसदहरुको बैठकले भारतीय जनता पार्टी (भाजपा)का नेता मोदीलाई दलको नेता चयन गरेको थियो ।
एनडीएका नेताहरुले संसदीय दलको निर्णय जानकारी गराएपछि राष्ट्रपति मुर्मूले मोदीलाई प्रधानमन्त्री नियुक्त गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मोदीले पर्सि आइतबार साँझ ६ बजे शपथ लिने कार्यक्रम छ । सो सपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुहुनेछ ।
नवनियुक्त प्रधानमन्त्री मोदीलाई राष्ट्रपति मुर्मूले शुभ साइतको दही खुवाएकी थिइन् ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्