- २९ चैत्र २०८०, बिहीबार ०७:४७
आज २०८० चैत महिना २९ गते बिहिबारको राशिफल यस्तो रहेको छ।
मेष
तपाईको कामबाट अरुलाई प्रभावित पार्न सकिने छ। शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ। परिश्रमको लाभ प्राप्त हुनेछ। आजको यात्रा सफल हुने देखिन्छ।
वृष
नयाँ काममा लगानी नगर्नु उचित हुन्छ। वैदेशिक व्यापार व्यावसायमा फाइदा हुनेछ। परिवारबाट राम्रो साथ सहयोग प्राप्त हुनेछ। रमाइलो यात्रा हुनेछ।
मिथुन
सकारात्मक विचार राख्नु दिन छ। शैक्षिक क्षेत्रमा सफलता र स्वास्थ्य सुधार हुनेछ। पारिवारिक साथ र सहयोगले काम बन्ने छ। समाजमा प्रशंसा हुनेछ।
कर्कट
धार्मिक क्षेत्रमा मन जानेछ। इष्टमित्रको साथ र सहयोग रहने छ। काममा बढी परिश्रम गर्नुपर्ने दिन छ। आजको दिन तर्क नगर्नु नै उचित हुनेछ।
सिंह
प्रेम सम्बन्ध सुमधुर बन्नेछ। एउटै काम र मेहनतबाट बढी लाभ लिन सकिन्छ। शिक्षा क्षेत्रमा सफलता देखिन्छ। पारिवारिक साथ रहने छ। मिष्ठान्न भोजनको अवसर जुट्ने छ।
कन्या
अनावश्यक खर्च बढ्ने छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। घरमा पाहुनाको आगमन हुनेछ।
तुला
प्रतिस्पर्धामा सफलता मिल्ने छ। साथिभाईको साथ र सहयोग प्राप्त हुनेछ। रोजगारमा सफलता प्राप्त हुने योग छ। रामाइलो यात्राको अवसर मिल्ने छ।
वृश्चिक
आज नयाँ काम सुरु गर्दा राम्रो हुनेछ। परिवारमा दाजुभाइबाट सहयोग प्राप्त हुने देखिन्छ। नकारात्मक विचार मनमा आउनाले चिन्ता बढ्ने देखिन्छ।
धनु
तपाईको परिश्रमको उचित मूल्यांक हुनेछ। शुभ समाचारले मनमा उत्साह छाउने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मन पर्ने परिकार खाने अवसर मिल्ने छ।
मकर
हरेक काममा धेरै सोचविचार गर्नुपर्ने दिन छ। सामाजिक क्षेत्रमा केहि विवाद हुन सक्छ। शरिरमा आलस्यता बढ्ने छ। स्वास्थ्यामा सुधार हुनेछ।
कुम्भ
नयाँ जागिरको अवसर मिल्ने छ। शैक्षिक क्षेत्रमा सफलता हात लाग्ने छ। पारिवारिक सम्बन्धमा शान्ति मिल्नेछ। अरुको मन जित्न सक्दा मनमा खुशी छाउने छ।
मीन
धर्मकर्ममा मन जानेछ। सोच्दै नसोचेका व्यक्तिबाट सहयोग प्राप्त हुनेछ। परिवारको साथ र सहयोगले काम राम्रो बन्ने छ। आज काममा बढि समय खटिनुपर्ने छ।










प्रतिकृया दिनुहोस्