- ८ पुष २०७८, बिहीबार २०:३६
काठमाडौँ — प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा पुस ६ गते परीक्षा चलिरहेका बेला निरीक्षक प्राध्यापकमाथि कुटपिट गर्ने विद्यार्थीलाई क्याम्पसले निष्कासन गरेको छ ।
६ गते मंगलबार स्नातक तह प्रथम वर्ष अन्तर्गत ३० पूर्णांकको आन्तरिक परीक्षा चलिरहेका बेला सोही क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी कुवेर जेठाराले शिक्षकमाथि कुटपिट गरेका थिए ।
रत्नराज्य लक्ष्मी क्याम्पसले बिहीबार एक सूचना जारी गर्दै ती विद्यार्थीलाई निष्कासन गरी कारबाही अघि बढाइएको जानकारी दिएको हो । सूचना अनुसार शिक्षकलाई कुटपिट गर्ने ती विद्यार्थी परीक्षासँग असम्बन्धित थिए ।
कुटपिटको घटनापछि क्याम्पसमा अध्यापनरत शिक्षक, प्राध्यापकसहित विद्यार्थी नेताहरूले समेत घटनाप्रति आपत्ति जनाएका थिए ।
‘त्रिभुवन विश्वविद्यालय रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातक तह प्रथम वर्ष (२०७७ समूह) को पूर्णांक ३० को आन्तरिक परीक्षा चलिरहेका समयमा यसै क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत परीक्षासँग असम्बन्धित विद्यार्थी कुवेर जेठाराले परीक्षाहलभित्र प्रवेश गरी निरीक्षक प्राध्यापकमाथि सांघातिक आक्रमण गरेको र क्याम्पसको शैक्षिक वातावरणमा खलल पुऱ्याएको विषयमाथि यस रत्न राज्यलक्ष्मी क्याम्पस प्रशासनको गम्भीर ध्यानाकर्षण भएको छ । निज विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिएको र कानुनी कारबाही अगाडि बढिसकेको जानकारी गराइन्छ,’ क्याम्पस प्रमुख डा जीवनधर ज्ञवालीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
आरआर क्याम्पसमा चिट चोर्न रोक्दा विद्यार्थीले शिक्षक कुटे











प्रतिकृया दिनुहोस्