- १२ चैत्र २०८०, सोमबार १९:२७
धनगढीको मटियारीका जग्गा कारोबारी गणेश रानाले चैत ६ गते धनगढी उपमहानगरपालिकाको यात्रु प्रतिक्षालयको गेटबाट भीत्र छिर्दै गर्दा तरकारीमा हाल्ने विषादी सेवन गरे । उनले बाहिरबाट आएको र यात्रु प्रतिक्षालयको गेटमा पुुग्ने वित्तिकै केही कुरा निकालेर खान थालेको सिसि क्यामेरामा देखिन्छ ।
उनले विषादी सेवन पछि नगरप्रहरीले उनको हात समातेर आँगनमा लगेको र आँगनबाट गाडीमा राखेर बाहिरतिर लगेको उपमहानगरकै सिसि क्यामेरामा प्रष्ट देखिन्छ । तर जग्गा कारोबारीहरुले मेयर गोपाल हमालले गणेश रानालाई घरबाट सादा पोषाकका नगर प्रहरी लगाएर ल्याएको र उपमहानरपालिकामा लगेर विषादी खुवाएको आरोप लगाए ।।
जग्गा कारोबारी उपेन्द्र अवस्थी र प्रभातकुमार चौधरीले त सार्वजनिक रुपमै सादा पोसाकमा गएका नगर प्रहरीले रानालाई घरबाटै उठाएको र त्यसपछि उपमहानगरमा ल्याएर विष सेवन गराएको गम्भिर आरोप लगाए । हो पनि, कुनै ब्यक्तिलाई घरमा गएर पक्राउ गरेर ल्याउने अधिकार नगरप्रहरीलाई छैन । तर आईतबार गणेश रानाले मोटरसाईकलमा आफै उपमहानगरपालिकामा आएको सिसि क्यामेराको भिडियो सार्वजनिक भएपछि जग्गा कारोबारीको उपमहानगरलाई जसरी पनि बदनाम गराउने चरित्र उदांगो भएको छ ।
उक्त भिडियोमा राना रातो रंगको मोटरसाईकलमा बन मन्त्रालयको मोडबाट उपमहानगरको कार्यालय तर्फ जान्छन । पार्किङमा मोटर राखेर भीत्र पस्छन । उनले उपमहानगरको आँगनमा एक्लै चस्मा र रातो क्याप लगाएर मजाले जान लागेको सिसि क्यामेराको फुटेज सार्वजनिक भएको छ । तर यसअघि जग्गा कारोबारी प्रभात कुमार चौधरीले यस्तो गम्भिर आरोप लगाएका थिए ।










प्रतिकृया दिनुहोस्