- ६ चैत्र २०८०, मंगलवार ११:२८
चैत्र ६, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसकाे स्ववियुले आफ्नो एक वर्षे कार्यकालकाे रिपोर्टसँगै आगामी कार्य याेजना सार्वजनिक गरेको छ ।
गत चैत्र ५ गते झण्डै १४ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा त्रिवि केन्द्रीय क्याम्पसबाट सभापति,उपसभापति काेषाध्यक्ष नेविसंघ, सचिव अनेरास्ववियु र सह सचिवमा स्वतन्त्र प्यानलबाट निर्वाचित भएका थिए विभिन्न विद्यार्थी संगठहरूकाे मिश्रित स्ववियु समिति खासै विद्यार्थीमाझ लाेकप्रिय नभए पनि केही महत्त्वपूर्ण र रचनात्मक कार्यहरू भने गरेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।
के के गर्याै त्रिवि केन्द्रीय क्याम्पस स्ववियुले
1) स्ववियुले त्रिवि केन्द्रीय पुस्तकालयलाई २४ सै घण्टा खुल्ला गराउने विषय कार्यनयन गर्न सफल भयो
2) हाेस्टेलकाे भवन रङराेगन, गैर विद्यार्थीलाई हाेस्टेलबाट हटाउने अभियान गरिएको ।
३) जाजरकोट भूकम्प पिडितलाई ३ लाख बराबरकाे राहत वितरण ।
4) त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीहरूलाई त्रिवि क्रीकेट मैदानमा हुने हरेक खेल हेर्न ५०% छुट दिने व्यवस्थापन कार्यनयन ।
5) सबै विभागमा तातो चिसो खाने पानीको व्यवस्था गरिएको ।
6) स्ववियु भवन निर्माण गर्न डिपिआर तयारी गरिएको ।
7) अनलाइनबाट ट्रास्कृप्ट निकाल्न दबाब र धर्ना दिई अनलाइनबाटै ट्रास्कृप्ट निकाल्न मिल्ने प्रावधान लागू गरिएको ।
8) त्रिवि पनिकालाई शैक्षिक क्यालेन्डर लागू गर्न दबाब गरि क्यालेन्डर लागू भएको ।
विगत १ वर्षमा स्ववियुले दर्जनौं कार्य गरेको रिपोर्ट सार्वजनिक गरेको छ । साथै आगामी कार्यक्रमहरू पनि सार्वजनिक गरेको छ ।











प्रतिकृया दिनुहोस्