- ४ चैत्र २०८०, आईतवार १०:४२
काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल वाग्मती प्रदेशको चौथो प्रदेश अधिवेशन २०८० चैत्र १, २ र ३ मा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर काठमाडौंमा सम्पन्न भएको छ ।
शिक्षा क्षेत्रकाे समग्र सुधारका लागि आयोजना गरिएको विद्यार्थी परिषद् वाग्मती प्रदेशकाे चाैथाे प्रदेश अधिवेशन समग्र शिक्षा सुधार समसामयिक महत्त्वकाे प्रस्ताव, शााेयात्रा, युवा सम्बाेधन र ३१ सदस्यीय प्रदेश कार्यकारिणी समिति सदस्य चयन गर्दै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा सम्पन्न भएको हाे ।

तीन दिन सम्पन्न सञ्चालन भएको अधिवेशनकाे प्रारम्भमा जिल्ला सह बैठक, प्रस्ताविक एवम् निर्वाचन सत्र जसमा प्रदेश अध्यक्षले सबै जिल्लाबाट सहभागीले अधिवेशन प्रतिनिधिहरूलाई स्वागत गर्दै अधिवेशनकाे बारेमा जानकारी गराउनु भएको थियोे भने निवर्तमान सचिव निरञ्जन पाठकले सचिव प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । साथै निर्वाचन सत्रमा निर्वाचन अधिकारद्वारा प्रदेश अध्यक्षमा पुन: वद्रि काेइराला र प्रदेश सचिवमा मनिता देवकोटालाई निर्वाचित भएको घाेषणा गर्नु भएको थियोे । त्यसैगरी दाेश्राे दिन प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकायका डिन प्रा.डा.चित्रबहादुर बुढाथोकीले ओैपचारिक रूपमा उद्घाटन गरि त्रिदिवसीय अधिवेशन प्रारम्भ भएको थियोे ।

त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरस्थित सेडाहलमा सञ्चालन भएको अधिवेशनकाे अलग अलग सत्रहरूमा प्रदेश सचिव मनिता देवकोटाले शिक्षा र समसामयिक महत्त्वकाे प्रस्ताव प्रस्तुत, काठमाडौँ स्कुल अफ एजुकेसनका कार्यकारी निर्देशक युवराज सङग्राैलाले शिक्षा क्षेत्रकाे वर्तमान अवस्था र आगामी दिशा विषयक सम्बाेधन, विद्यार्थी र्याली तथा अलग अलग जिल्लाका विद्यार्थीहरूद्वारा युवा सम्बाेधन, परिषदका केन्द्रीय तथा प्रदेशका पदाधिकारीहरूद्वारा दायित्व परिचर्चा र भूमिका विषयमा अलग अलग परिचर्चा तथा अन्तरक्रिया, सचिवद्वारा प्रस्तुत प्रस्ताव पारित र व्यवस्था परिचय तथा प्रदेश कार्यकारिणी समितिकाे दायित्व घाेषणासँगै त्रिदिवसीय प्रदेश अधिवेशन सम्पन्न भएको थियोे ।

अधिवेशनकाे अलग अलग सत्रहरू उद्घाटन समारोहमा प्रमुख अतिथि त्रि वि शिक्षाशास्त्र संकायका डीन प्रा. डा.चित्रबहादुर बुढाथोकी, विशिष्ट अतिथि परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, प्रदेश अध्यक्ष बद्रीप्रसाद काेईराला, परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, नवनिर्वाचित प्रदेश सचिव मनिता देवकोटा स्वागत समिति अध्यक्ष एवम् महर्षि वैदिक फाउन्डेसन नेपालका अध्यक्ष दीपक बास्काेटा, अधिवेशन स्वागत समिति सचिव प्रा.डा.विनाेद लेखककाे महत्त्वपूर्ण उपस्थिति रहेको थियोे भने, अन्यसत्रहरूमा काठमाडौं स्कुल अफ ल का कार्यकारी निर्देशक अधिवक्ता प्रा.डा. युवराज संग्राैला, सशस्त्र प्रहरीबल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक SSP डा लेखनाथ खनाल, राष्ट्रिय उपाध्यक्ष प्रा.डा. दयाराम भूषाल, राष्ट्रिय सचिव जानकी आचार्य, राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्णप्रसाद हुमागाईं, केन्द्रीय सचिवालय प्रमुख दिनेश कार्की ११ जिल्लाबाट १३० जना भन्दाबढी विद्यार्थी प्रतिनिधिहरूकाे विशेष उपस्थितिसँगै चाैथाे प्रदेश अधिवेशन सम्पन्न भएको परिषद् वाग्मती प्रदेशले जनाएको छ ।












प्रतिकृया दिनुहोस्