- २१ फाल्गुन २०८०, सोमबार १९:२७
फागुन २१, काठमाडौं । कांग्रेस, माओवादी, जनता समाजवादी पार्टीको सत्ता गठबन्धन भत्किएर एमाले–माओवादी–राष्ट्रिय स्वतन्त्र पार्टीलगायतको नयाँ गठन बनेपछि पुनगर्ठित मन्त्रिपरिषद्का ३ बिनाविभागीय मन्त्रीले शपथ लिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका केन्द्रीय सदस्य हितबहादुर तामाङ र रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन् ।
शपथ लिने तीनै जना प्रतिनिधिसभाका सांसदहरू पूर्वमन्त्रीसमेत हुन् । ४७ वर्षीय गिरी पर्वत क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी २०७९ पुसमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा करिब दुई महिना स्वास्थ्य तथा जनसंख्यामन्त्री थिए ।
एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डोलप्रसाद अर्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन्। विकसित भएको नयाँ सत्ता समीकरणबाट तीन जना मन्त्रीहरुले सोमबार शपथ लिएका हुन्।
माओवादीले नुवाकोट-१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाएको हो भने एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिसमेत रहेका डीपी अर्यालले मन्त्रीको शपथ लिएका हुन्।










प्रतिकृया दिनुहोस्