- ४ फाल्गुन २०८०, शुक्रबार २२:२०
बाँके फागुन ४- कोहलपुरमा शिक्षा क्षेत्र को समग्र विकासको लागि प्राज्ञिक बिद्यार्थी परिषद नेपाल लागि परेको छ । शुक्रबार प्राज्ञिक बिद्यार्थी परिषद नेपालले कोहलपुर मा शिक्षा क्षेत्र को समग्र सुधारका लागि बिधार्थी परिषद्ले दबाब यात्रा गरेको हो ।
परिषदले माघ १ गते देखि सुरुवात गरेको राष्ट्रब्यापी शैक्षिक अभियान २०८० अन्तर्गत आज कोहलपुरको साझाचोक देखि चौराहा सम्म कोहलपुरमा विभिन्न शैक्षिक संस्थाका बिद्यार्थी प्राध्यापक लगायतको उपस्थितीमा बिद्यार्थी दबाब यात्रा निकालेको हो ।
र्याली पश्चात् कोहलपुर चौराहमा भएको कोण सभामा परिषदका कर्णाली प्रदेश अध्यक्ष भिम खरेलले परिषद शिक्षक बिद्यार्थी र शिक्षा बिद हरु को समूह भएको भन्दै शिक्षा क्षेत्र का तमाम समस्या समाधान गर्न परिषदले संघीय शिक्षा ऐन तत्काल जारी गर्न सरकार लाई आग्रह गर्दै परिषदले अगाडी सारेका माग र मुद्दा समेटेर सरकार लाई समेत छिट्टै ज्ञापन पत्र बुझाउने तयारी परिषदले गरेको बताउनु भयो । उक्त दबाब र्यालीमा २ सय भन्दा बढि विद्यार्थीको सहभागीता रहेको थियो












प्रतिकृया दिनुहोस्