- २३ माघ २०८०, मंगलवार ०७:२६
माघ २३, काठमाडौं । प्रज्ञा प्रतिष्ठान नेपाली भाषा, साहित्य र कलाकाे क्षेत्र उदाहरणीय कार्य गर्ने एउटा प्राज्ञिक केन्द्र हाे । जसमा सधैंव नेपालकाे माैलिक भाषा, कला, संस्कृतिकाे खाेज अनुसन्धान गरि त्यसकाे संरक्षण गर्ने , साहित्य प्रकाशन गर्ने, नेपाली साहित्यकारहरूलाई सम्मान गर्ने हाम्रा महापुरूषहरूकाे विगतका याेगदानलाई सम्मान गर्ने कार्य गर्ने मुख्य दायित्व त्यसमा रहँन्छ । तर विडम्बना भन्नू पर्छ आज प्रज्ञा प्रतिष्ठान ती सबै कार्य भुलेर कम्युनिस्ट विचार र साहित्य प्रकाशन र बहसमा केन्द्रीत भइरहेको छ ।
आज नेपाली भाषा, साहित्य र कलाको उन्नयनका लागि काम गर्नु पर्ने नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञको स्थानमा दलीय विचार र भगबण्डाबाट पोषित बौद्धिक दासहरूको भर्तीले प्रतिष्ठान भरिएको कारण प्रतिष्ठानले माक्र्स, लेलिन र माओकाे विचारमाथी बहस चलाई रहेको छ । नेपाली साहित्यका शिखर पुरूष बालकृष्ण समको पुण्य तिथिमा मार्क्सको सान्दर्भिकताको चिन्तन ? कुन हिसाबले उचित छ ?
कसैको तिथिमा माओ, लेलिन, स्टालिन आदिको चिन्तन किन आवश्यक छ ?? के हिजोकाे दिनमा हामीले नेपाली साहित्यकारहरूको विचार र योगदानको चिन्तन, बुद्धको चिन्तन, फाल्गुनन्द/पृथ्वी/योगी नरहरिनाथ/सिता र जनकको विचारको सान्दर्भिकता, विद्यापतिको ज्ञानको चर्चाको आयोजना प्रज्ञाले गरेको कहिल्यै सुनेका छौँ ? एक महिना भित्र सम्पन्न माओ, लेलिन जसले लाखौंकाे हत्या गरि क्रन्ति गरेर विश्वमा आफ्नो विचारलाई लिएर आए उसकाे विचार माथि बहस गर्ने हाे की स्वदेशी नेपाली महापुरूष जसले कलम, मसि, ज्ञान ध्यानबाट समाजलाई जागरण र विश्वलाई शान्तिकाे सन्देश दिने व्यक्ति र महापुरूषकाे विचार माथि बहस गर्ने हाे ?
हिजो राजाको कालमा राजकीय प्रज्ञा प्रतिष्ठान रहँदा त्यसको नाम परिवर्तन गरेर नेपाल प्रज्ञा प्रतिष्ठान बनायौँ । अब फेरी कतै कथित प्राज्ञहरू यसलाई कम्युनिष्ट प्रज्ञा प्रतिष्ठान बनाउने षडयन्त्रमा अगाडि बढिरहेका त छैनन् ??
तसर्थ पछिल्लो समय नेपाली बृहत् शब्दकाेषबाट ॐ शब्द हटाउनु , विस्तारै माैलिक भाषालाई शब्दबाट हटाउदै जानू, नेपाली महापुरूषकाे जन्मदिन वा पुण्य तिथिमा माक्र्स, माओ, लेलिनकाे विचार माथि बहस हुनुले प्रज्ञाबाट निरन्तर वैचारिक षड्यन्त्रको दूर्गन्ध फैलिइरहेको छ । यसमा सचेत र सावधान हुनु आवश्यक छ देखिन्छ र प्रज्ञा प्रतिष्ठानमा बसेका व्यक्तिहरू सचेत हुनु आवश्यक छ । अन्यथा घर जलाएर खरानी बेच्नु शिवाय अरू केही बाँकी नरहन सक्छ ।
हेर्नुस् प्रज्ञाले निकालेकाे बाल पत्रिकाहरू र आयोजना गरि रहेको कार्यक्रमहरू











प्रतिकृया दिनुहोस्