- २५ पुष २०८०, बुधबार २२:२२
राजविराज । यहाँको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले बुधबार तालाबन्दी गरेको छ। युनियनका उपाध्यक्ष जयकृष्ण यादव तथा सचिव सुनिल कुमार मण्डलले प्रेस विज्ञप्ति जारी गर्दै ९ बुँदे माग राखेर क्याम्पसमा तालबन्दीको घोषणा गरेका छन् ।
क्याम्पसमा त्रिविको नियम विपरित आर्थिक चलखेल गरी हाल शिक्षक भर्ना गरिएको आरोप लगाउँदै त्यसलाई रद्द गर्नुपर्ने उनीहरुको माग छ ।
त्यस्तै, क्याम्पसमा सञ्चालित एमएड, एमबिएस, एमए समाजशास्त्र, बिएड लगायतका निजीतर्फका कार्यक्रमहरुको आर्थिक वर्ष २०७५/७६ देखि हालसम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, क्यामपसको सरसफाई नियमित रुपमा गर्नुपर्ने, पुस्तकालय व्यवस्थापन गर्नुपर्ने, नियमित पठनपाठन सञ्चालन गर्नुपर्ने लगायत माग राखेका छन् ।
उनीहरूको साइन्स ल्याब नियमित सञ्चालन गर्नुपर्ने, कन्या छात्रवास, छात्रवास, दलित छात्रावासको व्यवस्थापन गरी संचालन गर्नुपर्ने, अतिरिक्त क्रियाकलाप खेलकुद संचालन गर्नुपर्ने तथा बिबिए अध्ययन कार्यक्रम ल्याई संचालन गर्नुपर्ने मागहरु रहेका छन् ।










प्रतिकृया दिनुहोस्