- १२ पुष २०८०, बिहीबार २२:१६
काठमाडौँ : नबिल बैङ्क लिमिटेडको आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैङ्कका सञ्चालक समिति अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न भएको हो। सभाले बैङ्कको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैङ्कको स्वीकृति अनुसार आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट शेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले बैङ्कको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैङ्कको स्वीकृति अनुसार आ.व. २०७९/०८० को मुनाफाबाट सेयर धनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैङ्क आ.व. २०७९/८० मा ६ अर्ब ४० करोड रुपैयाँ मुनाफा गर्न सफल भएको थियो।‘क’ वर्गको बैङ्कहरूमध्ये निरन्तर देशकै अग्रणी वाणिज्य बैङ्कको पहिचान पाएको नबिल बैङ्कले दिगो बैङ्किङ प्रणालीमा जोड दिएको छ।
नबिल बैङ्कले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम सञ्चालन गरेको छ। समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने, नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रूपान्तरणलाई बढवा दिने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको हो। हालसम्म ३ सय ३५ जना विद्यार्थीहरूको सहभागिता भएको यस कार्यक्रमले ५२ वटा उद्यम जन्माएको र ८७२ जनाले रोजगारी पाएको उहाँले जानकारी दिनु भयो।
साधारण सभालाई सम्बोधन गर्दै बैङ्कका अध्यक्ष पौड्यालले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांशका साथै बजार पुँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैङ्कमा सेयर धनीहरूले लगानी गरेका स्थापना कालको चुक्ता पुँजी हाल सम्म आउँदा ९६० गुणाले वृद्धि भएको कुरा बताउनु भयो।
संयुक्त राष्ट्र सङ्घको दिगो विकासका लक्ष्यलाई केन्द्रबिन्दुमा राख्दै बैङ्कले आफ्नो व्यवसाय विस्तार गरिरहेको र सो अन्तर्गतका विभिन्न लक्ष्यहरू जस्तै गरिबी निवारण, शिक्षा, स्वास्थ्य आदिलाई आधार मानी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत अगाडि बढाइरहेको जानकारी गर्नुभयो। त्यस्तै बैङ्कले स्थापनाकालदेखि हालसम्म देशको राजश्वमा समेत महत्त्वपूर्ण योगदान दिँदै आएको जानकारी गर्नुभयो।










प्रतिकृया दिनुहोस्