- २७ मंसिर २०८०, बुधबार १९:०९
बारा । बाराकाे सिम्रौनगढ नगरपालिकामा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने विषयमा विवाद उत्पन्न भएर झडप भएकाे छ । झडपका क्रममा प्रहरीको गोली लागी एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका- १ का लक्ष्मी मुखिया रहेका छन् । अन्य केही व्यक्ति घाइते भएका छन् ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार मिश्रलाई हाजिर गराउन लिएर जाने क्रममा विपक्षीले हाजिर गर्न नदिएपछि विवाद उत्पन्न भएकाे थियाे । त्यसपछि दुवै पक्षको झडप भएको थियो ।
झडप नियन्त्रणका क्रममा १० जना प्रहरी पनि घाइते भएका छन् । भीड नियन्त्रण गर्न प्रहरीले गाेली चलाएको थियो । गाेली लागेर घाईते भएका मुखियाको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
सिम्रौनगढ नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन थियो भने सो नगरपालिकामा कार्यरत कर्मचाहरीहरुले तलब-भत्ता समेत पाएका थिएनन् । तलब माग गर्दै उनीहरू पनि आन्दोलित छन् ।










प्रतिकृया दिनुहोस्