- ८ मंसिर २०८०, शुक्रबार २१:२१
काठमाण्डु, ८ मंसिर– नेपाली सेनाले एकैपटक ठूलो संख्यामा भर्ती खुलाएको छ ।
सेनाले शुक्रबार एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा तीन हजारका लागि जागिर खुलाएको हो । सैन्य पदमा ३ हजार तथा सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, मालीका लागि ४ सय १३ कर्माचारी चाहिएको सूचनामा उल्लेख छ ।
इच्छुक र योग्यता पुगेका व्यक्तिले आगामी पुस ७ गतेसम्म दरखास्त दिन पाउनेछन् ।
सैन्य पदका लागि सेनाको आधिकारी वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न वा उम्मेदवार स्वयं भर्ती केन्द्रमा उपस्थित भई फाराम भर्नुपर्ने छ । अन्य पदका हकमा भने उम्मेदवार स्वयं भर्ती केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्नुपर्ने सेनाले जनाएको छ ।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्