- १७ कार्तिक २०८०, शुक्रबार २०:२६
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकायले शोधपत्र (थेसिस) बारे नयाँ मापदण्ड निर्धारण गरेको छ। डिनको कार्यालयले मंगलबार एक सूचनामार्फत उक्त जानकारी गराएको हो। कार्यालयले सम्बन्धित क्याम्पस/विभागमा शोधपत्रको भाइभा चौथो समेस्टरको सत्रान्त परीक्षा भए पनि गर्नुपर्ने स्पष्ट पारेको छ।
त्यस्तै भाइभा भएको मितिले कम्तीमा १ महिनाभित्र डिन कार्यालयमा प्राप्तांक पठाइसक्नुपर्ने सूचनामा उल्लेख छ। ‘चौथो सेमेस्टरको सत्रान्त परीक्षाको नतिजा प्रकाशित मितिले ९० दिनभित्र शोधपत्रको भाइभा गरेमा मात्रै नियमित विद्यार्थी मानिने र चौथो सेमेस्टरको परीक्षा फारम भर्नुअगाडि शोधकार्य नसकेमा विद्यार्थीले शोधपत्रका निमित्त पनि आंशिक विद्यार्थीसरह पुनः फाराम भर्नुपर्ने,’ सूचनामा उल्लेख छ।


सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्