- ३१ भाद्र २०८०, आईतवार २१:२४
भदौ ३१, काठमाडौं । कर्मचारी संचय काेषले ६२ ओैँ वार्षिक उत्सव मनाएकाे छ ।
आइतबार संचय काेष स्थापनाकाे ६१ वर्षपुरा गरि ६२ वर्षमा पुगेमाे उपलक्ष्यमा राष्ट्रिय सभागृहमा एक उत्सव समारोहकाे आयोजना गरी ६२ वार्षिक उत्सव मनाएको हाे ।
उक्त वार्षिक उत्सव कार्यक्रमकाे उद्घाटन माननीय अर्थमन्त्री प्रकाश शरण महतले गरेका थिए ।
काेषले ६२ वर्ष पुग्दा ५ लाख भन्दाबढी मानिसहरू संचय काेषमा आबद्ध गराउन सफल भएको र काेषले विभिन्न आयाम र क्षेत्रमा लगानी गरिरहेकाे प्रमुख प्रशासक जितेन्द्र धितालले बार्षिक प्रतिवेदनमा प्रस्तुत गरेका थिए । साथै संचय काेषमा आबद्ध भएका कर्मचारीहरूलाई मात्र दिईदै आएकाे स्वास्थ्य विमा सुविधा दायरा बढाएर अबदेखि कर्मचारीमा परिवारलाई पनि स्वास्थ्यसेवा उपलब्ध गराउने निर्णय गरेकाे छ ।
कार्यक्रममा अर्थमन्त्री प्रकाश शरण महतले यश वर्ष देशमा आर्थिक संकट उत्पन भएकोले कर्मचारीहरूलाई सेवा सुविधा वर्तमान अवस्थामा जति छ त्यसै चित्तबुझाउनु अनुरोध गरेका थिए । साथै काेषले गरेकाे कार्य प्रशंसा गर्न लायक रहेकाेले अझै प्रभावकारी उदरणीय कार्य गर्न प्रेरित गरेका थिए । साथै संचय गरिएकाे काेषलाई उपलब्धि हुने ठाउँ र सही ठाउँमा सदुपयोग गर्नु पर्ने कुरा बताएका थिए ।
संचय काेषले अर्थमन्त्रीकाे हातबाट उत्कृष्ट सेवा गरेका कर्मचारी, सेवा अवधि ३५ वर्ष पूरा गरेका उदरणीय कर्मचारीहरूलाई पदक र सम्मान प्रदान गरिएको थियोे । फाेटाे फिचर











प्रतिकृया दिनुहोस्