- २२ भाद्र २०८०, शुक्रबार ०९:१९
भदौ २२, काठमाडौं । गाैहत्याकाे विरोधमा काठमाडौंमा सनातन धर्मावलम्बीहरू र हिन्दुवादी संगठनहरूले विरोध स्वरूप विशाल माेटरसाइकल र्याली गर्ने भएका छन् ।
धरानमा धार्मिक र सामाजिक सद्भभाव भडकाउने अराजक व्यक्तिहरूले राष्ट्रिय जनावर गाैकाे हत्या गरेकाे भन्दै त्यसकाे विरोधमा आज काठमाडौं उक्त र्यालि निकाल्न लागेकाे आयोजकले जनाएको छ ।
दिउँसो ३:३० बजे गुहेश्वरीदेखि प्रारम्भ हुने भनेकाे बृहत् माेटरसाइकल र्याली मित्रपार्क, पुरानो बानेश्वर, डिल्लीबजार, पुतली सडक, भद्रकालि, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, तिनकुने हुँदै गाैशाला सम्म आएर समापन हुने छ ।
पछिल्लो समय धनरामा गाेरू काटेर खाएपश्चात् देशभर धार्मिक संस्थाहरूले त्यसकाे विरोधमा आन्दोलनहरू गरिरहेका छन् । साथै गाैहत्याकाे विरोधमा शनिबार माइतीघर मण्डलामा विशाल प्रदर्शन पनि हुने भएको छ । विभिन्न धार्मिक संघसंस्थाहरूले गाैहत्या, हिन्दु राष्ट्र पुन:निर्माण गर्ने र धर्मान्तरणकाे लागि उक्त प्रदर्शन हुन गइरहेको एक आयोजक संस्था विश्व हिन्दु परिषद्ले जानकारी दिएको छ ।










प्रतिकृया दिनुहोस्