- १० भाद्र २०८०, आईतवार ०९:२७
कम्प्युटर एसोसियसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत चार वर्षदेखि प्रदान गर्दै आइरहेको छात्रवृत्ति ‘नेसनल आईसीटी स्कलरसिप-२०८०’ का लागि आवेदन खुला गरेको छ।
महासंघले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा छात्रवृत्ति सुरु गरेको हो। छात्रवृत्तिमार्फत यस वर्ष पनि ४९ जना विद्यार्थीहरूलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गर्न लागिएको महासंघले जनाएको छ।
‘नेसनल आइसिटी स्कलरसिप-२०८०’ मा देशको सातै प्रदेशका विद्यार्थीहरूले समान अवसर पाउने गरी प्रत्येक प्रदेशबाट १ जना छात्रालाई पूर्ण छात्रवृत्ति र बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ। क्यान महासंघ र लर्ड बुद्ध एजुकेसन फाउन्डेसन कलेजबीच भएको सम्झौता अनुसार ४९ जना विद्यार्थीले २ करोड ८३ हजार रूपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन्।
सम्वन्धित समाचारहरु
ताजा समाचार
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement










प्रतिकृया दिनुहोस्