- १५ श्रावण २०८०, सोमबार २०:१८
साउन १५, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले कक्षा ११ मा अध्ययनरत छात्रछात्राका लागि छात्रवृत्तिको सार्वजनिक आव्हान गरेको छ ।
छात्रवृत्ति वितरण व्यवस्थापन उप समितिको बैठकले कक्षा ११ मा अध्ययनरत छात्रछात्राका लागि छात्रवृत्तिको सार्वजनिक आव्हान गर्ने निर्णय गरेको थियो ।
समितिले काठमाडौं महानगरपालिका वडा नं ६ र यस वडासँग सिमाना जोडिएका निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका नगरपालिकाका वडाभित्र रहेका संस्थागत विद्यालयमा कक्षा ११ मा अध्ययन गर्न चाहने ३७ जना छात्रछात्रालाई छात्रवृत्तिको लागि सार्वजनिक सूचना जारी गरेको हो ।
गरिव, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीले श्रावण मसान्त सम्म नियमपूर्वक दरखास्त दिन सक्नेछन् । दरखास्तका लागि समितिको कार्यालय सम्पर्क गर्न सकिन्छ ।
श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको हस्ताक्षर रहेको जारी सूचनामा भनिएको छ– “यस समितिको मिति २०८०/०४/१० गते बसेको बैठकको निर्णय बमोजिम छात्रवृत्ति बितरण व्यवस्थापन– कार्यविधि २०८० अनुसार यस समितिद्वारा शैक्षिक सत्र २०८०÷८१ मा का.म.न.पा. वडा नं ६ र यस वडासंग जोडिएका निर्वाचन क्षेत्र नं. ३ का नगरपालिकाका वडा भित्र रहेका संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययन गर्न चाहने ३७ जना गरीव, असहाय, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको हुँदा यहि मिति २०८० श्रावण मसान्त भित्र यस समितिको कार्यालयमा नियम पुर्वक दरखास्तका लागि यो सूचना प्रकाशन गरिएको छ ।”











प्रतिकृया दिनुहोस्