- ३१ असार २०८०, आईतवार १६:४५
असार ३१, बारा । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले निजगढका १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे छ ।
बारा जिल्लाकाे निजगढ नगरपालिका भित्र रहेकाे कक्षा १२ मा अध्ययन गर्ने १०० जना विद्यार्थीहरूलाई विद्यार्थी परिषद्ले उक्त शैक्षिक सामग्री वितरण गरेकाे हाे ।

निजगढ नगरपालिकाका नगर उप प्रमुख साेममाया थिङ, वडा अध्यक्ष घनश्याम तिमल्सिना र विद्यार्थी परिषद्का केन्द्रीय विश्वविद्यालय प्रमुख छितराज न्याैपानेज्युकाे विशेष उपस्थिति विद्यार्थीकाे शैक्षिक विकासका लागि परिषद्ले निजगढमा कक्षा १२ मा अध्ययन गर्ने १०० विद्यार्थीहरू छनाैटगरि उक्त शैक्षिक सामग्री वितरण गरिकाे परिषद्ले जनाएको छ ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा निजगढ नगरपालिकाकी उप- प्रमुख सोममाया थिङ, प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका सगरमाथा एवम् जानकी प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख छितराज न्यौपाने, प्रदेश उपाध्यक्ष पुरुषोत्तम अधिकारी, राष्ट्रिय सचिव कबिराज न्यौपाने, केन्द्रीय सदस्य घनश्याम नायक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष थानेश्वर सापकोटा, प्राचार्य यादव कुमार तिमिल्सिना, ६ नम्बर वडाअध्यक्ष घनश्याम तिमिल्सिना, बालकृष्ण हुमागाईं लगायत सामाजिक एवं शैक्षिक व्यक्तित्वहरुको विशेष उपस्थितिमा सामग्री वितरण गरिएको थियोे ।











प्रतिकृया दिनुहोस्