- १५ असार २०८०, शुक्रबार ११:३३
असार १५, काठमाडौं । पढाईमा अब्बल मानिएकी विद्यार्थी सन्ध्या कायस्थको Bachelor 1st Year को English को Exam मा २१ नम्बर मात्र आयो । परीक्षा निकै राम्रो भएपनि २१ नम्बर मात्र ल्याएपछि उनलाई चित्त बुझेन । त्यसैले उनले Retotalling गरिन् । Retotalling गर्दा पनि २१ नम्बर आएपछि उनले ३ हजार रुपैयाँ तिरेर कापी हेर्नको लागि निवेदन दिइन् । अनि थाहा भयो: उनको थप कापी हराएको रहेछ ।
त्यो थप कापी चै TU का प्राध्यापक राजन दत्तले आफ्नो छोरीलाई पास गराउनको लागि सन्ध्याको कापीबाट निकालेर आफ्नो छोरीको कापीमा टासिदिएका रहेछन् । अझ थप कापी भनेर लेखेको ठाउँमा पनि च्यातेको देखेपछी सन्ध्याले छानबिनको लागि निवेदन दिइन् र वास्तविकता पत्ता लाग्यो ।
कापी साटेपछि प्राध्यापक दत्तकी छोरीको २८ र सन्ध्याको २१ नम्बर आएको थियो । त्यो परीक्षाको दिन प्राध्यापक दत्त आफै गार्ड बस्न गएका थिए ।
अहिले प्राध्यापक दत्त निलम्बित छन् । सन्ध्यालाई भने English को परीक्षा फेरि दिन लगाइने भएको छ ।










प्रतिकृया दिनुहोस्