- ८ असार २०८०, शुक्रबार १२:४४
बुढानीलकण्ठ नगरपालिका वडा न १ मा रहेकाे एक मन्दिर केही दिन अघि ताेडफाेड गरिएकाे छ । स्थानीयहरूले सार्वजनिक जमिन सुरक्षा गर्न भनेर बनाएकाे मन्दिर ताेडफाेड भएकाे हाे । साे जमिनमा मन्दिर बनाउनु हुन्न भनेर मन्दिर सिमानामा रहेकाे जग्गावालाले लामाे समयदेखि धरपकड गर्दै आएकाेले मन्दिर ताेडफाेडमा साेही व्यक्तिकाे हात रहेकाे स्थानीयहरूकाे आराेप रहेकाे छ । फरक धर्मावलम्वी भएका कारण हिन्दू मन्दिरकाे बिराेध गर्दै आएकाे ती व्यक्तिले मन्दिर रहेकाे ठाउँबाट आफ्नाे घरमा बाटाे लैजान पाउनु पर्ने जिकिर गर्दै आएका छन् । मन्दिर साे ठाउँबाट हटाउन ती व्यक्तिले नियमितरूपमा प्रयास गरिरहेकाे बताइन्छ ।
यसैबीच स्थानीयवासीले वडा नं १ का वडाध्यक्ष सुरेन्द्र लामा मन्दिर त्यस ठाउँमा राख्न नहुने पक्षमा रहेकाेले मन्दिर ताेडफाेडमा संलग्नकाे पक्षधर भएर वकालत गरिरहेकाे बताएका छन् । उनीहरूले प्रहरी प्रभाग बुढानीलकण्ठका निरीक्षक पनि स्थानीयकाे पक्षमा नरही मन्दिर ताेडफाेड गर्नेकाे पक्षमा गएकाे आराेप लगाएका छन् ।
विषय प्रहरी कार्यालयमा पुगेपछि हाल याे विषय महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेकाे छ । आजै याे बारे निर्णय हुने बताइएकाे छ ।










प्रतिकृया दिनुहोस्