- १२ कार्तिक २०७८, शुक्रबार १४:३२
काठमाडौँ । हिन्दु स्वयंसेवक संघ काठमाडौं सम्मभागको सात दिवसिय प्रथमिक शिक्षा वर्ग सम्पन्न भएको छ ।
यही कात्तिक ५ गते देखि १२ गते सम्म काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका भित्र रहेको श्री रामजानकी शिव पंञ्चाय मन्दिरमा आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका ३० जना युवा विद्यार्थी र बालकहरूलाई सहभागी गराई सात दिवसिय प्रशिक्षणदवर्ग संचालन गरेको छ ।

संघले युवा र बालकहरूलाई उनिहरूलाई शारिरीक, मानसिक, बैचारिक रूपमा सशत्त बनाउने, देशको मुल धर्म संस्कार , संस्कृतिकोको ज्ञान सिकाउने र त्यसको संरक्षण गर्नका लागि एक असल नैतिकवान, चरित्रवान, इमान्दार व्यत्ति निर्माण गर्ने कार्य हेतुले सात दिवसिय प्रथमिक शिक्षा वर्ग संचालन गरेको छ।

सात दिन सम्म संचालन गरिएको वर्गमा युवा र बालकहरूलाई शारीरिक रूपमा योग अभ्यास , सुर्य नमस्कार , नियुद्व, सामुहिक समता, दणड अभ्यास र विविध खेलहरू सिकाईएको थियोे । साथै उनिहरूलाई विहान ५ बजे देखि बेलुका १० बजे सम्मको दिन चर्या र समय तालिका निर्माण गरेर प्रशिक्षण प्रदान गरिएको हिन्दु स्वयंसेवक संघले जनाएको छ ।
कार्यक्रमको समापन सत्रमा हिन्दु स्वयम सेवक संघका काठमाडौं सम्भागका संघचालक सोम पाण्डे , श्री रामजानकी शिव पंञ्चाय मन्दिर संचालन समितिका अध्यक्ष हरिकृष्ण पुडासैनी ,कागेश्वरी मनहरा नगरपालिकाका उपमेयर विन्दु पुडासैनी , काठमाडौं महानगर कार्यवाहक महेश सिंह , राष्ट्रिय सह बौद्विक प्रमुख कृष्ण आचार्य , विद्यार्थी परिषद्का राष्ट्रिय मिडिया प्रमुख कृष्ण प्रसाद हुमागाई , संघका काठमाडौं सम्मभागका शारीरिक प्रमुख सानुकाजि नगरकोटि , संघका प्रचारक सुरज अवस्थी। विश्व हिन्दु परिषद्का संगठन सचिव प्रलाद कुमार रेग्मी, महासचिव जितेन्द्र सिङ , संचारकर्मी रविराज रिमाल लगायत संघका स्वयंसेवकहरू र समाजका महत्त्वपूर्ण सामाजिक व्यत्तीहरूको उपस्थिति रहेको थियोे ।

कार्यक्रमको समापन सत्रमा मुख्य वत्ताको रूपमा सोम पाण्डेज्युले संघ के हो रु, संघको स्थापना ,यसको कार्य कसरी भईरहेको र हिन्दुत्वको महत्त्व र यसमाथि भएको आक्रमणको बारेमा महत्त्वपूर्ण विषयबस्तुहरू व्यत्त गर्नु भएको थियोे ।
त्यसैगरी कागेश्वरी नगरका उप प्रमुख विन्दु पुडासैनीज्युले हाम्रो राष्ट्र सनातन धर्म संस्कृतिको हिन्दु राष्ट्र रहेको र आफू पनि हिन्दु नै भएकोले मन्दिर देख्ने वित्तिको शिर स्वभाविक रूपमा झुक्ने गरेको कुरा बताउनु भयो भने हाम्रो नेपालको जुन सुकै ठाउँ उत्खनन हुँदा पनि अल्ला र इसाईको मुर्ति नभेटिई जता पनि हुन्दु देवि देवताको नै मुर्ति र अवशेषहरू भेटिएको कुरा प्रष्ट पार्दै आफू सधैं हिन्दुहरूको पक्षमा रहेको कुरा प्रष्ट पार्नु भएको थियोे ।











प्रतिकृया दिनुहोस्