- १४ माघ २०७९, शनिबार १९:५७
माघ १३, काठमाडौं । अर्जुन दाहाल
हर्केले शास्त्र पढेको थिएन
हर्केले धर्म बुझेको थिएन
तर एक दिन तपस्या गर्ने निश्चय गर्यो
अनि तपस्या गर्यो
देवता, यक्ष, गन्धर्व, किन्नर देखि
भुत, प्रेत, पिशाच, बेताल
डाकिनी, शाकिनी, डङकिनी, लङकिनी देखि
राक्षस, असुर र दानवले पुजिएका महादेवको ।
उसले कठोर तपस्या गर्यो
अनि एक दिन महादेव प्रसन्न भएर उसलाई दर्शन दिए
“बालक, के छ तेरो इच्छा वरदान माग?”
हर्केले प्रश्न तेर्स्यायो
“तपाईंको नाम कसले राख्यो प्रभु ?”
महादेवले भने, “म भन्दिन ”
हर्केले अर्को प्रश्न सोध्यो
“तपाईं किन पितृ सँग मात्र बस्नु हुन्छ प्रभु ?”
महादेवले पुनः त्यही जवाफ दिए
“म भन्दिन”
हर्केले अर्को प्रश्न सोझ्यायो
“तपाईंले किन कैलाश जस्तो सुन्दर ठाँउलाई शमशान बनाउनु भयो प्रभु?”
महादेवले पुन: त्यही जवाफ दिए
“म भन्दिन”
हर्केले प्रश्न गर्यो
“किन प्रभु ”
महादेवले उत्तर दिए
“उत्तर नदिनु मेरो इच्छा हो।”
हर्केले पुन: प्रश्न सोध्यो
“अनि प्रभु मलाई दर्शन किन दिनुभयो त?”
तब महादेवले सहज जवाफ दिए
“तेरो इच्छाले अबोध बालक”










प्रतिकृया दिनुहोस्