- १२ माघ २०७९, बिहीबार १२:१५
माघ १२, काठमाडौं । अर्जुन दाहाल
कुनै समय त्रिदेव
ब्रह्मा, बिष्णु र महदेवका भक्त बिच
शास्त्रार्थ हुने भएछ ।
सबैले आफ्ना आफ्ना भगवान ठुलो भन्न थाले
ब्रह्माको भक्तले भने
“ब्रह्मा ठुलो हुन किनकि
महादेवले ब्रह्माको एक सिर काट्दा
ब्रह्महत्याको पाप भोग्नु परेको थियो,
शनिले पनि महादेवलाई दु:ख दिएको थियो,
बिष्णु सृष्टिकर्ता हुन
त्यसैले ब्रह्मा ठुला हुन ”
त्यत्तिकैमा बिष्णुको भक्तले बोले
“ब्रह्माको भक्तले भनेको कुरा सहि हो,
तर ब्रह्मा बिनाशी छन
बिष्णु अविनाशी छन
सबैले पुज्य छन
पालन गर्न हो सबैभन्दा अप्ठ्यारो
त्यसैले हो बिष्णु ठुला छन
एति सुनेपछि महादेव भक्त भने
“ठिक भन्नुभयो साथीहरु
बिष्णुको लागि आफ्नी पत्नी लक्ष्मी भन्दा ठुला आफ्ना भक्त हुन
बिष्णु धर्मको संरक्षण गर्दछन
तर महादेव बास्त्विकता हुन
आफ्नी श्रीमती जिस्क्याउन आउने जालन्धरलाई
छल गरेर मारे
सायद ब्रह्मा र बिष्णुले भए सहन्थे।
महादेव आफ्नो निन्दा सहेनन
त्यसैले दक्षलाई मारे
सायद ब्रह्मा र बिष्णुले भए सहन्थे ।
महादेवको लागि आफ्नी पत्नी पार्वती र उनका भक्त भन्दा प्रिय
गाँजा भाङ्को नशा छ
त्यसैले रावणलाई पार्वती दिएर पठाए
सतिदेवी मर्दा समेत
अब गाँजा भाङ कसले संरक्षण गर्छ भनी बिलाप गरे
साधारण मनुष्यले
न त आफ्नो श्रीमती जिस्क्याएको सहन्छ
न त आफ्नो निन्दानै
न त आफ्नो नशा त्याग्न सक्छ
त्यसैले महादेव वास्तविकता हुन
ब्रह्माले महादेवको तपस्या गरे
बिष्णुले तपस्या गरेको कुनै शास्त्रमा उल्लेख छैन
तर महादेव स्वयं संहारकर्ता भएर पनि
काम क्रोध लोभ मोह त्यागेर तपस्या गरे
बिष्णु संसारिक मोह माया त्याग्ने कुरा गर्दछन
महादेव स्वयं माया मोहमा भुलेर बस्दछन
समग्रमा भन्दा
धर्म बुझेकाले ब्रह्मालाई मान्छन
त्यसैले महादेवका श्रापका बाबजुत पनि
कर्मकाण्डमा पुजिन्छन
संसार बुझेकाले
माया मोह भन्दा पर रहेका बिष्णुलाई मान्दछन
तर मृत्यु बुझेकाले महादेवलाई मान्दछन
किनकी मृत्यु एक मात्र अटुट सत्य हो
मृत्यु एक मात्र पुर्ण शान्ति हो
माया मोह त्याग्न नसकेका जोगि र साधुले
पुजेर के भयो त
मानिस मर्दा जति नै स्वर्गवास हो भनी कामना गरेपनि
बैकुण्ठवास होस भनी कामना गरे पनि
भुत र प्रेत बस्ने कैलाशनै हो,
त्यसैले महादेवनै ठुला हुन
किनकी उनी मृत्यु अगाडि जिउने जिवनको
सत्यको प्रतिविम्ब हुन ।”










प्रतिकृया दिनुहोस्