- १९ पुष २०७९, मंगलवार ०८:५७
पुस १९, काठमाडौं। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) परक्षिा नियन्त्रण कार्यलयले रजिस्ट्रेसन आवेदन फाराम भर्ने समय थप गरेको छ । डिप्लोमा प्रमाणपत्र र प्रि-डिप्लोमा तहको रजिस्ट्रेसन आवेदन फाराम भर्ने समय थप गरेको हो ।
विभिन्न शैक्षिक कार्यक्रमहरुमा वर्गीकृत छात्रवृक्ति तर्फका केही सिटहरु रिक्त रहेको शिक्षालयहरुबाट जानकारी आएको र स्तरोन्नति भई र केही नयाँ शिक्षालयहरु समेत थप भई कार्यक्रम सञ्चालनमा आएकोले रजिस्ट्रेसन आवेदन फाराम भर्ने समय थप गरिएको जनाएको छ ।
शिक्षालयहरुमा वर्गीकृत छात्रवृक्ति कोटाहरुमा परीक्षार्थी पुस २६ सम्म गर्न सकिने र परीक्षार्थी भर्ना माघ २ गतेसम्म गर्नुपर्ने साथै रजिस्ट्रेसन आवेदन फाराम माघ ३ गतेसम्म भर्नुपर्ने जनाएको छ । त्यसैगरी पूर्ण शुल्कीय रजिस्ट्रेसन आवेदन फाराम नियमित शुल्कमा पुस २६ गतेसम्म र विलम्ब शुल्कमा माघ ३ गतेसम्म भर्नुपर्ने छ ।











प्रतिकृया दिनुहोस्