- १ पुष २०७९, शुक्रबार १०:३९
पाैष १, काठमाडौं ।
टिठ लाग्दा आखाँहरु,कयौँ रात नसुतेको त्यो शरिर, फुर्ति र तागत हेरौँ भने अहो बयान गरेर साध्य छैन । हरेक दिनको उही दैनिकी, सायद त्यो शरिरले अहिले सम्म घाम उदायको देखेको छैन। कुनै एउटा कम्पनीको एउटा कोठा मात्र नभइ सायद कुनै एउटा घर भित्र पनि उही फुर्ति र जाँगर छ होला । बेला बेला चस्माको सिसालाइ मिलाउँदै काम गर्दै गरेका ती हातहरुलाई हेरेर लाग्छ सायद यि हातहरु कहिलै थाक्ने छैनन । निलो टोपि र मास्क भित्र लुकेको त्यो सुन्दर अनि चम्किलो अनुहार देख्न नपाउनु सायदै कुनै अभागि होला । अझै भनौँ त्यो उमेरमा त्यो जाँगर ।
प्रत्येक दिन मैले आफ्नु काम सुरु गर्नु पहिले र निस्केर बाहिर आउनु पुर्ब देख्ने त्यो अनुहार मानौं मेरो दैनिकी हो ।
कुरै कुरामा मैले सोधेको थिएँ मिएको भनेको केहो ?
उत्तरमा मुहारको सुन्दरता भएकि महिलालाइ मिएको भनिन्छ । सायद यो शब्द जापानी भाषा र ब्राजिलियन भाषाको संघम होला । सायद कसैले त्यो मान्छेलाई त्यो नाम दिएर साँच्चै नै राम्रो गरेछ । मलाई उ देखेर मानव जिवन प्रतिको छुट्टै उत्साहले उत्साहीत गराउँछ ।
मैले काम गर्दौ गर्दा रातमा ती अनिँदा आँखाले धेरै चोटि उस्को बाहुबल देखेको छु त्यो उत्साह, काम प्रतिको लगाभ, अनि आफू भन्दा तलकालाई गरेको व्यवहार । मैले आफ्नु कामलाई सुरु गरे देखि आज सम्म उस्को ठूलो स्वर सुनेको छैन। अँध्यारो मुहार देखेको छैन अनि शरिरमा थकाइ भन्नी कुरा देखेको छैन । कुरै कुरामा मैले कुनै दिन मलाइ गारो भयो यो काम भन्दा तैले गर्न सक्छस भनेर हौसला बढाउने मान्छे उ नै हो । उमेरले 50 भन्दा तल पक्कै छैन तर काम गर्ने तरिका र आंटलाई हेर्ने हो भने कुनै नव जवानको भन्दा फरक छैन ।।
जब म प्रत्यक पटक त्यो मान्छेलाइ देखे पछि आफ्नु देश सम्झिन्छु। कास मेरो देशमा पनि देशको बिकास प्रतिको लगाभ अनि माया शब्दमा भन्दा बढी कर्ममा राख्ने मान्छे भै दिएको भए आज हामी उच्च शिक्षाको नाममा रोजगारिको लागि बिदेशिनु पर्दैन थियो ।।
साँच्चै भन्ने हो भने उनिहरुलाइ देश प्रतिको माया भन्दा बढी काम प्रतिको सम्मानले नै आज यहाँ छन ।
मैले समयलाइ दुई भाग लगाँए,
एउटा राम्रो समय र अर्को नराम्रो समय। समय चाहे जस्तो सुकै होस बस मान्छेलाई खुसी हुनु पर्छ । मिएको मैले लेखेको यो लेखको एउटि पात्र मात्र होइन । अहिले सम्म म जापान बसेको एउटा अनुभव हो ।
मैले जति समय काममा बिताएको छु त्यस्को प्रत्यक्ष दर्शि उ नै हो ।
मिएको मैले दैनिक लिग्ने नाम । यो नाम एउटा ब्यक्तिको नाम मात्र नभएर कसैको पहिचान पनि हो ।
बिदेशीहरुले अरुलाइ हेप्छन रे , धेरै बोल्न हुन्न रे, फसौछन रे , यी सबै कुराको बिपरित हो मिएको । साँच्चै भगवान छन र उनको सुन्दर सृजनाको चर्चा गर्ने हो भने म नारीको पक्षमा हुने छु। मिएकोमा मैले आफ्नु पन भेटेको छु, काम प्रतिको माया, अरु प्रतिको सम्मान










प्रतिकृया दिनुहोस्